स्याङ्जामा आचारसंहिता र मिडिया अनुगमनबारे अन्तरक्रिया

स्याङ्जामा आचारसंहिता र मिडिया अनुगमनबारे अन्तरक्रिया
सुन्नुहोस्

स्याङ्जा : प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ स्याङ्जाको संयोजनमा निर्वाचन आचारसंहिता र मिडिया अनुगमन विषयक अन्तरक्रिया गरिएको छ । 

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य केशवशरण लामिछानेले निर्वाचनका बेला पत्रकार तथा सञ्चार माध्यमले पालना गर्नुपर्ने आचारसंहिताका बारेमा जानकारी गराए । लामिछानेले छापा, अनलाइन, रेडियो, टेलिभिजन जस्ता सञ्चारमाध्यमले तोकिए बमोजिमका आचारसंहिताको पालना गर्दै प्रशारण र प्रकाशन गर्नुपर्ने बताए । 

सदस्य लामिछानेले आचारसंहिता र मिडिया अनुगमनसहित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा भए गरेका काम तथा नियमनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । मुख्य निर्वाचन अधिकृत उपेन्द्र गौतमले निष्पक्ष र भयरहित तरिकाबाट निर्वाचन सम्पन्न गर्न पत्रकार जगतले सहयोग गर्नुपर्ने बताए । मतदाता शिक्षादेखि उम्मेदवारका निर्वाचन आचारसंहिताको विषयमा सचेत गराउने काममा समेत पत्रकारको भूमिका महत्वपूर्ण रहने मुख्य निर्वाचन अधिकृत गौतमको भनाई थियो ।  

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले मतदाता, उम्मेदवार, राजनीतिक दल, सुरक्षाकर्मी, कर्मचारीलगायत सबैले आ–आफ्ना आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिए । पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइरालाले यहाँका पत्रकारबाट आचारसंहिता उल्लंघन नगरेको जनाएका छन् । कार्यक्रम प्रेस काउन्सिलका सदस्य एवं गण्डकी प्रदेश संयोजक भीमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  काउन्सिलका सदस्य विजयराज अधिकारीले स्वागत र पत्रकार महासंघका सचिव सुशील सुवेदीले सञ्चालन गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.