मतपत्र- मतपेटिका लिएर कर्मचारीहरू मतदानस्थलतर्फ

मतपत्र- मतपेटिका लिएर कर्मचारीहरू मतदानस्थलतर्फ

बर्दिबास : निर्वाचन सामग्री बुझेर रुजु गर्दै निर्वाचनमा खटिएका कर्मचारी सहितका सुरक्षाकर्मीहरू मतदान केन्द्रमा पुगेका छन्। फागुन २१ का लागि निर्धारित प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आवश्यक मतपेटी , मत पत्र लिएर कर्मचारीहरु मतदानस्थलतर्फ लागेको निर्वाचन आयोगले जनाएको छ। महोत्तरीमा चारवटा निर्वाचन क्षेत्रसहित मधेस प्रदेशका ८ वटा जिल्लामा गरी कुल ३२ वटा निर्वाचन क्षेत्र रहेको छ।

महोत्तरी क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत गगनदेव महतोका अनुसार यसपालि फागु पर्व चुनाव अगाडि परेकाले आवश्यक सुरक्षासहित मत पत्रसहित सुरक्षाकर्मीको स्कटिङमा मतदान केन्द्रमा खटाइएको छ। 

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, सुत्केरी, लैंगिक अल्पसंख्यक मतदाताले मतदान गर्न लाइन बस्नु नपर्ने निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले जानकारी दिइन। उनले वातावरणमैत्री निर्वाचनको नयाँ अभ्यासका लागि आचारसंहितामा हरित निर्वाचनको व्यवस्था गरिएको बताइन। घरघरमा मतदाता शिक्षा पुर्‍याउन आयोग सफल भएको उनले बताइन।

निर्वाचन प्रचारप्रसार निषेध अवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको अर्का आयुक्त आयुक्त सगुन शम्शेर जबराले जनाए। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को तयारीको विषयमा जानकारी दिँदै आयोगका सचिव कृष्ण बहादुर राउतले फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ। मतदान सम्पन्न पश्चात् फागुन २१ गते रातिबाटै मत गणना सुरु हुनेछ। 

गणना सुरु भएको २४ घण्टाभित्र पहिलो हुने, निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको नतिजा प्रकाशन गर्ने निर्वाचन आयोगको तयारी छ। त्यसका लागि एउटा निर्वाचन क्षेत्रमा चार वटा भन्दा बढी स्थानमा मत गणना गर्ने छ।

मतगणनास्थलमा तारजाली लगाएर घेराबन्दी गरी मतगणना गरिने छ। मतगणना स्थलमा सिसिक्यामरा पनि जडान गरिने छ। समानुपातिक प्रणाली तर्फ ११० र प्रत्यक्ष तर्फ १६५ गरी २७५ सिटका लागि निर्वाचन हुन लागेको आयोगले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.