कोशीमा अहिलेसम्म खस्यो एक लाख २६ हजार बढी मत

कोशीमा अहिलेसम्म खस्यो एक लाख २६ हजार बढी मत

विराटनगर : कोशी प्रदेशमा अहिलेसम्म ३.५९ प्रतिशत मतदान भएको छ । यो समाचार तयार पार्दासम्म एक लाख २६ हजार भन्दा बढी मत खसिसकेको छ । 

एक लाख २६ हजार ३ सय १८ मत खसिसकेको हो । मतदातामध्ये ७३ हजार ३ सय ६५ पुरुष र ५२ हजार ९ सय ५३ महिलाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् । सबै मतदान केन्द्र र मतदानस्थलमा उत्साहपूर्वक मतदान जारी छ । शान्तिपूर्ण हिसाबले भइरहेको मतदानमा मत दिन मतदाता लाइनमा बसेका छन् । 

यो समाचार तयार पार्दासम्म झापामा ३.०७, इलाममा २.३३, पाँचथरमा ५.८८, ताप्लेजुङमा २.०३, मोरङमा ३.२७, सुनसरीमा ३.४८, धनकुटामा २.३६, तेह्रथुममा ५.०२, संखुवासभामा ४.७८, भोजपुरमा ४.१४, उदयपुरमा ५.२०, ओखलढुंगामा २.४६, खोटाङमा २.९७ र सोलुखुम्बुमा ६.६६ प्रतिशत मतदान भएको छ । 

कोशीमा ३५ लाख ७४ हजार ३ सय १० मतदातामध्ये १७ लाख ४६ हजार ७३ महिला, १८ लाख २८ हजार २ सय १३ पुरुष र २४ जना अन्य छन् । १ हजार ९ सय ७ मतदानस्थल तथा स्थायी र अस्थायी गरेर ४ हजार २ सय ९४ मतदान केन्द्र छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.