दार्चुलामा खस्यो ३५.१५ प्रतिशत मत, मतदान जारी
दार्चुला : दार्चुलामा ३५.१५ प्रतिशत मत खसेको छ। प्रतिनिधिसभाको एउटामात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल मतदाताको ३५.१५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
जिल्लाका मतदान केन्द्रमा बिहानैदेखि मतदान प्रक्रिया अहिले पनि शान्तिपूर्ण रूपमा भइरहेको छ। दार्चुलामा दिउँसो २ बजेसम्म १५ हजार ४१४ महिला र १७ हजार २५९ जना पुरुष गरी जम्मा ३२ हजार ६७३ जना मतदाताले मतदान गरेका छन्।
जिल्लामा दुईवटा अस्थायीसहित ११२ वटा मतदानस्थल र १३४ वटा मतदान केन्द्रबाट मतदान जारी रहेको छ। मतदान साँझ ५ बजेसम्म हुनेछ। जिल्लाको कुल मतदातासंख्या ९२ हजार ९४८ जना रहेको छ ।
प्रतिक्रिया दिनुहोस !