नवलपुरमा शान्तिपूर्ण मतदान जारी, ५१ प्रतिशत मत खस्यो
नवलपुर ः प्रतिनिधि सभा निर्वाचन अन्तर्गत नवलपुरका दुबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । बिहानदेखि सुरु भएको मतदानमा मतदाताहरू उत्साहपूर्वक सहभागी भइरहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो ३ बजेसम्म ७६ हजार ८सय ७६ महिला र ५९ हजार ७ सय ९८ पुरुष गरी जम्मा १ लाख ३६ हजार ६ सय ७४ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यो कुल मतदाताको ५०.८९ प्रतिशत हो । नवलपुर जिल्लामा कुल २ लाख ६८ हजार ५ सय २६ मतदाता रहेका छन् । जसमा १ लाख २९ हजार ४० पुरुष र १ लाख ३९ हजार ४ सय ८२ महिला छन् । जसमा तेस्रो लिङ्गीको संख्या ४ छ ।
जिल्लाका १ सय १४ मतदानस्थलहरुमा मतदाताहरूको उल्लेख्य उपस्थिति देखिएको छ भने कतिपय स्थानमा मतदाताको लाइन पनि देखिएको छ । निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । मतदान केन्द्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीको कडा सुरक्षा व्यवस्था गरिएको छ । जिल्लाका सबै मतदान केन्द्रहरूमा हालसम्म कुनै अप्रिय घटना नभएको र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !