घिस्रिँदै मतदान गर्न पुगिन् सुहाङ्गी
रोल्पा : रोल्पा थबाङकी ४५ वर्षीया सुहाङ्गी परियार हात-खुट्टाले घिस्रिँदै मतदान गर्न पुगेकी छन्। परियारले हातखुट्टाको सहारमा घिस्रिँदै मतदान गरेको दृश्य निकै कारुणिक थियो।
विगतको चुनावमा पटक-पटक शून्य मतदान भएको थबाङमा यसपाली उत्साहजनक रूपमा मतदान हुँदैछ। परियार जन्मजात अपांगता हुन्।
सुहाङ्गीको तस्बिर गोबिन सहयात्रीले फेसबुकमा राखेपछि उनको विषयमा बहससमेत हुन थालेको छ। भिडियोमा एकजना पुरुषले सहयोग समेत गरेका छन्। उनले मतदान भने आफैले गरेकी छन्।
प्रतिक्रिया दिनुहोस !