ताप्लेजुङमा खस्यो ५१ प्रतिशत मत

ताप्लेजुङमा खस्यो ५१ प्रतिशत मत
सुन्नुहोस्

ताप्लेजुङ : ताप्लेजुङमा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत ५१.४५ प्रतिशत मत खसेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईका अनुसार जिल्लामा ४६ हजार ४७४ मत खसेको छ । खसेको मतमध्ये महिला मतदाता २१ हजार ७५ र पुरुष मतदाता २५ हजार ३९९ रहेका छन् । 

ताप्लेजुङ जिल्लामा प्रतिनिधि सभा सदस्य पदका लागि १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ताप्लेजुङमा कुल ९० हजार ३ सय २७ मतदाता रहेका छन् । जिल्लाभर ८० वटा मतदानस्थल र १२७ वटा मतदान केन्द्र तोकिएको थियो । जिल्लाको सबैभन्दा कम मतदाता रहेको मतदान केन्द्र याङ्मामा ६२ जना मतदाता रहेका छन् । यहाँ १२ मत खसेको छ । 

यसैबीच जिल्लाका दुर्गम क्षेत्रका चार वटा मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको छ । हेलिकप्टर सदरमुकाम फुङ्लिङसम्म आइपुगे पनि मौसम प्रतिकूल भएका कारण आजै ती मतदान केन्द्रतर्फ जान नसकेको बताइएको छ । मौसममा सुधार आएपछि भोलि बिहान ती क्षेत्रतर्फ हेलिकप्टर पठाई मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले जानकारी दिएका छन् ।

ताप्लेजुङ जिल्लामा ८ वटा गाउँपालिका र १ नगरपालिका गरी कुल ९ स्थानीय तह रहेका छन् । ती सबै स्थानीय तहका मतदान केन्द्रहरूमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रशासनले जनाएको छ ।

मतदान सम्पन्न भएसँगै अब सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी सुरक्षित रूपमा तोकिएको स्थानमा ल्याइने र त्यसपछि सर्वदलीय सहमतिमा मतगणना प्रक्रिया सुरु गरिने तयारी गरिएको प्रशासनले जनाएको छ । जिल्लावासी मतदाताहरूले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन उत्साहपूर्वक मतदानमा सहभागिता जनाएका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.