काठमाडौंमा ६७ प्रतिशत मत खस्यो
काठमाडौं : बिहीबार सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंमा ६७ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार काठमाडौंमा ६७.१ प्रतिशत मत खसेको हो।
आयोगका अनुसार काठमाडौंमा ४ लाख ७६ हजार २२४ मत खसेको हो। जसमा पुरुषको संख्या २ लाख ३५ हजार १६० र महिलाको संख्या २ लाख ४१ हजार ५२ रहेका छन्। त्यस्तै अन्य १२ जनाले मतदान गरेको आयोगले जनाएको छ।
काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार मतगणना आजदेखि नै सुरू गरिने छ। त्यसका लागि १० वटै क्षेत्रमा सर्वदलीय बैठकको तयारी गरिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !