रुकुम पूर्वको मतगणना सुरु
रुकुम पूर्व : रुकुम पूर्वमा मतगणना सुरु भएको छ। बिहान ५ : ३५ मिनेट जाँदा मतगणना सुरु गरिएको हो।
मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनाल का अनुसार विकट क्षेत्रका मतपेटिका संकलन गरेर सदरमुकाम ल्याउन समय लागेका कारण अहिले मात्र प्रत्यक्ष तर्फबाट मतगणना सुरु गरिएको हो।
पूर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड यस निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेपछि रुकुम पूर्वको निर्वाचन परिणामलाई लिएर देशभर चासोका साथ हेरिएको छ।
अहिले मतगणना सुरु भएसँगै प्रारम्भिक नतिजा आजनै सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !