काठमाडौंका बाँकी ८ क्षेत्रमा पनि रास्वपा भारी मतान्तरले अगाडि

काठमाडौंका बाँकी ८ क्षेत्रमा पनि रास्वपा भारी मतान्तरले अगाडि
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा काठमाडौंका बाँकी ८ वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ। पछिल्लो मतपरिणामअनुसार काठमाडौं २ मा सुनिल केसीले १३ हजार ८८६ मतसहित अग्रस्थानमा छन्। दोस्रोमा कांग्रेसले ४३५५ मतसहित पछ्याइरहेको छ।

त्यस्तै काठमाडौं ३ मा राजुनाथ पाण्डेले ११ हजार ९७२ मतसहित अग्रस्थानमा छन्। उनलाई उज्यालो नेपालका कुलमान घिसिङले ७ हजार ७४५ मतसहित पछ्याइरहेका छन्।

त्यस्तै काठमाडौं ४ मा पुकार बमले १५ हजार ७०३ मतसहित अग्रस्थानमा छन्। उनलाई कांग्रेसले ४ हजार ८४२ मतसहित पछ्याइरहेको छ।

त्यस्तै काठमाडौं ५ मा सस्मित पोखरेलले १८ हजार ५१ मतसहित अग्रस्थानमा छन्। उनलाई कांग्रेसका प्रदीप पौडेलले ५ हजार ६२७ मतले पछ्याइरहेका छन्। 

त्यस्तै काठमाडौं ७ मा गणेश पराजुलीले १७ हजार २८१ मतसहित अग्रस्थानमा छन्। उनलाई एमाले उम्मेदवारले २ हजार ७३८ मतसहित पछ्याइरहेका छन्।

त्यस्तै काठमाडौं ८ मा विराजभक्त श्रेष्ठले १९ हजार ६३१ मत ल्याएर अग्रस्थानमा छन्। उनलाई नेकपाका उम्मेदवारले २ हजार ४२४ मत ल्याएर पछ्याइरहेका छन्।

त्यस्तै काठमाडौं ९ मा डोलप्रसाद अर्यालले १४ हजार ३४८ मतसहित अग्रस्थानमा छन्। उनलाई कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन्।

त्यस्तै काठमाडौं १० मा प्रदीप विष्टले २३ हजार १८५ मतसहित अग्रस्थान छन् भने उनलाई कांग्रेसका हिमाल कार्कीले ५ हजार ६१० मत ल्याएर पछ्याइरहेका छन्। काठमाडौंको क्षेत्र १ मा रञ्जु न्यौपाने र क्षेत्र नं ६ बाट शिशिर खनाल विजयी भइसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.