स्याङ्जा २ को मतगणना सुरु

स्याङ्जा २ को मतगणना सुरु
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जा क्षेत्र नं. २ को मतगणना गुरु भएको छ। शुक्रबार बसेको सर्वदलीय बैठकले मतदान अधिकृतलाई कारबाही लागि आयोगमा सिफारिस गर्ने र हस्ताक्षर नभएको मतपत्र गणना गर्ने सहमति बनेपछि मतगणना प्रक्रिया दिउँसोदेखि सुरु भएको हो।

वालिङ नगरपालिका १० स्थित बालज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर बिनाका १८१ मतपत्र खसेपछि विवादित बनेको मतगणना हुन सकेको थिएन। 

सर्वदलीय बैठकले बिहीबार नै निर्वाचन आयोगसमक्ष विवाद टुंग्याउने गरी निर्णय माग गरेको थियो। आयोगले शुक्रबार दिउँसो सोको कार्यान्वयनका लागि निर्वाचन अधिकृतलाई जिम्मेवारी दिई सर्वदलीय बैठकले गर्ने निर्णय कार्यान्वयनका लागि निर्देशन दिएपछि शुक्रवार दिउँसो अबेर गरी मतगणना सुरु भएको हो।

क्षेत्र नं. २ मा १ लाख १७ हजार ९३० मतदातामध्ये ६० हजार ३०२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। मतगणना कालीगण्डकी गाउँपालिकाबाट सुरु गरिएको छ भने मत परिणाम सार्वजनिक गरिएको छैन। क्षेत्र नं. २ मा स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.