ओखलढुंगामा एमालेको सुरुवाती अग्रता
ओखलढुंगा: नेकपा एमालेकी अस्मिता थापाले सुरुवाती अग्रता लिएकी छन्। आफ्नै गाउँपालिका लिखुका ५ वटा वडा गन्दा उनले अग्रता हासिल गरेकी हुन्।
उनले १४०५ मत पाउँदा रास्वापाका विश्वराज पोखरेलले ९४५ मत ल्याएर दोस्रो स्थानमा छन्। नेपालीका कांग्रेसका कुमार लुइँटेल ६८३ र नेकपाका अम्वीर गुरुङ ५४३ मत पाएका छन्। लिखुका अब ४ वडा गणना बाँकी छ।
प्रतिक्रिया दिनुहोस !