पराजित भएपछि कुलमान घिसिङले भने- अझ जिम्मेवार भएर देशको सेवा गर्नेछु

पराजित भएपछि कुलमान घिसिङले भने- अझ जिम्मेवार भएर देशको सेवा गर्नेछु
सुन्नुहोस्

काठमाडौं : उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले आगामी दिनमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको बताएका छन्।

काठमाडौं क्षेत्र नं ३ बाट पराजित भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष घिसिङले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेलाई  बधाई दिँदै आफूलाई मत दिने मतदाताहरुलाई आभार व्यक्त गरे। 

'चुनावको परिणाम जे जस्तो भए पनि यस क्षेत्रको समग्र विकास, सुशासन, समृद्धिसहितको उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु। मेरा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थकलाई सहयोगका लागि धन्यवाद दिन्छु। सबैको साथ, माया र विश्वासले मलाई आगामी दिनहरूमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको छ।'

उनले सबै मिलेर उज्यालो, समृद्ध र सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढाउने विश्वास पनि लिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.