काठमाडौं ७ मा रास्वपाका गणेश पराजुली र १० मा प्रदीप विष्ट विजयी
काठमाडौं : काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुली विजयी भएका छन्। उनले २७ हजार ८०५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईंले ३ हजार ९८२ मत ल्याए।
त्यस्तै काठमाडौं क्षेत्र नं १० मा रास्वपाकै प्रदीप विष्ट विजयी भएका छन्। उनले ३७ हजार ४६० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हिमाल कार्कीले ८ हजार १०० मत ल्याए।
योसँगै रास्वपाले पाँचवटा क्षेत्रमा विजयी हासिल गरेको छ। यसअघि काठमाडौं १ मा रञ्जु न्यौपाने, ६ मा शिशिर खनाल र ८ मा विराजभक्त श्रेष्ठ विजयी भएका थिए।
प्रतिक्रिया दिनुहोस !