ताप्लेजुङमा २६ वडाको मतगणना सकिँदा क्षितिज थेवेको अग्रता कायमै
ताप्लेजुङ: ताप्लेजुङको पछिल्लो नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे ६ हजार १९० मतसहित अग्रस्थानमा रहेका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तुम्याहाङ लिम्बुले भने ५ हजार ७९४ मत प्राप्त गरेका छन्। यी दुई उम्मेदवारबीच हाल ३९६ मतको अन्तर रहेको छ।
तारा चिन्हका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्री परागले २ हजार ६२८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले १ हजार ३९१ मत पाएका छन्। त्यस्तै माटो चिन्हसहितका उम्मेदवार सन्तोष राईले २ हजार ४६ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारतर्फ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लाबुङ लिम्बुले १ सय ५ मत, उज्यालो नेपाल पार्टीका कृतिमान मादेनले ८३ मत, जनता समाजवादी पार्टीका अरुण लिम्बुले ५५ मत, नेपाल कम्युनिष्ट पार्टीका नरपति पौडेलले ३९ मत प्राप्त गरेका छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्र प्रसाद थापाले ३६ मत, जसपा नेपालका सूर्य गुरुङले १२ मत, मङ्गोल नेशनल अर्गनाइजेसनका सन्त बहादुर लिम्बुले ५ मत तथा नेपाल जनमुक्ति पार्टीका इन्द्र बहादुर लिम्बुले १४ मत प्राप्त गरेका छन्। हालसम्म १ हजार ९९ मत बदर भएको छ।
प्रतिक्रिया दिनुहोस !