बझाङमा एमाले उम्मेदवार ऐन महर विजयी

बझाङमा एमाले उम्मेदवार ऐन महर विजयी
तस्बिर : प्रताप ओली
सुन्नुहोस्

बझाङ : बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महर विजयी भएका छन् । महरले उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारभन्दा २ हजार २३९ बढी मत ल्याएर जित हात पारेका हुन् ।

एमाले उम्मेदवार महरले १८ हजार ५४३ मत ल्याएका छन् भने उनका  प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका छन् । यसअघि २०७९ को निर्वाचनमा पनि एमाले तीन दलीय गठबन्धनका उम्मेदवार भानुभक्त जोशीभन्दा करिब एक हजार मतले पराजित भएका थिए । 

यता तेस्रो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मिन बहादुर कुँवरले ९ हजार ७५७, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेश सिंहले ९ हजार २६३, नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) का उम्मेदवार भरत मल्लले ५२०, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विश्वप्रकाश जेठाराले ४०५ र नेपाल मजदुर किशान पार्टीका उम्मेदवार दलबहादुर बोहराले ४१ मत प्राप्त गरे। 

बझाङमा ५७ हजार ९९४ मत खसेकोमा ५४ हजार ८३३ मत मात्रै सदर भए भने ३ हजार १६१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । यस निर्वाचनको पूर्व सन्ध्यामा मतदाता शिक्षा नभएका बदर मत संख्या बढेको जिल्ला निर्वाचन अधिकारी बसन्तबहादुर धानुकले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.