मोरङ ५ मा रास्वपाकी आशा झाको जित निश्चित
विराटनगर : मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना नसकिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की आशा झाको जित निश्चित भएको छ।
जित निश्चित भएपछि रास्वपाले विजयोत्सव मनाएको छ। उक्त क्षेत्रमा अब करिब ७ हजार मतगणना गर्न बाँकी छ। पछिल्लो मतपरिणाम अनुसार झाले २८ हजार १६७ मत प्राप्त गरेकी छन्।
दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार फुलकुमार लालवानीले ९ हजार १९७ र तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार शिवकुमार मण्डलले ८ हजार १७१ मत प्राप्त गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकुमार यादवले ७ हजार ६६० मत प्राप्त गरेका छन्।
एमालेका मनोजकुमार अग्रवालले ६ हजार ७५१ मत प्राप्त गर्दा २०७४ सालमा स्वतन्त्र निर्वाचित भएका योगेन्द्र मण्डलले ४ हजार १४२ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर ५ मा ७५ हजार ५ सय २९ मत खसेको थियो।
प्रतिक्रिया दिनुहोस !