डडेलधुरामा रास्वपाको ऐतिहासिक जित
डडेलधुरा : डडेलधुरामा रास्वपाले ऐतिहासिक जित हासिल गरेको छ। रास्वपाको उमेदवार डा. तारा जोशीले ३४ वर्षसम्म एकक्षत्र राज गरेको कांग्रेस उमेदवारलाई पराजित गरि ऐतिहासिक जित हासिल गरेका हुन्।
रास्वपाका डा. तारा प्रसाद जोशीले १९ हजार १३१ मत प्राप्त गर्दै जित हासिल गरे। जोशीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरे। जोशी र महरको मतान्तर ७ हजार १० मतको रहेको छ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मानसिंह मालले ६ हजार ८ सय ३४ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्। नेकपा (एमाले)का चक्रप्रसाद स्नेहीले २ हजार ९ सय २६ मत ल्याए। २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा तत्कालीन नेपाली कांग्रेसबाट द्वारिका देवि ठकुरानी र त्यसयता २०४८ देखि २०७९ सम्मका सबै निर्वाचाका कांग्रेसकै शेरबहादुर देउवाले लगातार चुनाव जित्दै आएकोमा यस पटक रास्वपाले जितेको छ। जोशी डडेलधुराबाट ठकुरानी र देउवापछिका तेस्रो प्रत्यक्ष निर्वाचित संसद बनेका छन्।
प्रतिक्रिया दिनुहोस !