कञ्चनपुर ३ मा रास्वपाका ज्ञानेन्द्र महता विजयी

कञ्चनपुर ३ मा रास्वपाका ज्ञानेन्द्र महता विजयी
सुन्नुहोस्

महेन्द्रनगर : प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्र सिंह महता निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महताले २७ हजार ११८ मत प्राप्त गरेका छन्। उनले १७ हजार ६७५ मतान्तरले नेपाली कांग्रेसका हरिप्रसाद बोहरालाई पछि पार्दै विजयी भएका हुन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार बोहराले ९ हजार ४४३ मत प्राप्त गरेका छन्। 

त्यस्तै नेकपा एमालेका दीपक प्रकाश भट्टले ७ हजार ५७५ मत प्राप्त गरे। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मानबहादुर सुनारले ४ हजार २८४ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्णबहादुर चन्दले ३ हजार ९०२ मत प्राप्त गरे। १ लाख ३ हजार ८७ मतदाता रहेको यो क्षेत्रमा ५८ हजार ३६१ मत खसेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.