अछाम– १ : रावलको संसदीय यात्रामा ब्रेक, २६ वर्षपछि फर्कियो कांग्रेसको विरासत

अछाम– १ : रावलको संसदीय यात्रामा ब्रेक, २६ वर्षपछि फर्कियो कांग्रेसको विरासत

अछाम : अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले २६ वर्षपछि आफ्नो विरासत फर्काएको छ। शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसका पुर्व जिल्ला पार्टी सभापति भरतकुमार स्वाँर विजयी भएका हुन्।

स्वाँर आफू निकटम प्रतिद्धन्द्धी नेकपाका नेता भीम बहादुर रावलसँग ५२८ मतान्तरले विजयी भएका हुन् । रावलले १० हजार २३० मत प्राप्त गर्दा स्वाँरले  १० हजार ७५८ मत प्राप्त गरेका थिए। त्यस्तै एमालेका दिपकबहादुर साउद ७ हजार ३८६ मत सहित तेस्रो स्थानमा आएका छन्, भने रास्वपाका जिल्ला सभापति ओमप्रकाश रावलले १ हजार ७४५ मत प्राप्त गरे। स्वाँर २०७४ मा रावलसँग पराजित भएका थिए। यस्तै २०७० को संविधान सभाको निर्वाचनमा एमालेका साउँद पनि रावलसँग पराजित भएका थिए । 

काे हुन् स्वाँर ? 

स्वाँर २०४९ मा जिविस सभापति र २०५६ र २०७२ मा काँग्रेसको जिल्ला कार्य समिती सभापतीको बनेका थिए। दुई पटक अछाम कांग्रेसको जिल्ला सभापति भइसकेका स्वाँर कुशल संगठन निर्माताको रुपमा चिनिन्छन्। साँफेबगर नगरपालिका– ७ रिडिकोटमा वि.सं. २०१२ सालमा जन्मिएका स्वाँरले उच्च शिक्षा हासिल गरेका छन् । 

स्वाँर २०३४ सालमा नेपाली कांग्रेसको सदस्यता लिई सक्रिय राजनितीमा प्रवेश गरेका हुन् । २०३४ सालमा प्रदेश कार्य समितीको सदस्य हुदै २०३६ सालमा साँफेबगरमा भएको पञ्चायत विरोधी आन्दोलन तथा अछामको सदरमुकाम बयालपाटाबाट मंगलसेन सार्नेक्रममा भएको आन्दोलनकाे नेतृत्व स्वाँरले गरेका थिए। २०३८ देखि २०४६ मा पञ्चायतिय व्यवस्था तथा निरंकुस राजतन्त्रका विरुद्ध आवाज उठाउँदै आएका स्वाँरले पटकपटक यातना तथा कठिन जेल सजाय भोग्नु परेको थियो। 

अछाम–१ मा २०४८ र २०५६ को निर्वाचन बाहेक सबै निर्वाचन कम्युनिष्ट उम्मेदवारले जित्दै आएको क्षेत्र हो। ०४८ मा नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर कुँवरले जितेको यो क्षेत्र ०५६ को आमनिर्वाचनमा कांग्रेसकै गोविन्दबहादुर शाहले जितेका थिए। २०४८ र २०५६ मा रावललाई हराउँदै कुँवर र शाहले जितेका थिए। २०७९ को निर्वाचनमा भने नेकपा एमालेले उनलाई टिकट दिएकाे थिएन् ।

संसदको मात्र हैन धेरै पटक मन्त्री पनि भइसकेका रावलको यस पटकको संसदीय यात्रा भने रोकिएको छ। ८२ हजार ५ सय १३ मतदाता रहेको अछाम निर्वाचन क्षेत्र नम्बर १ मा यस पटकको चुनावमा ३२ हजार २६९ मत खसेको थियो। यस अघि २०७९ को निर्वाचनमा भने ४१ हजार ३९२ मत खसेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.