८३ लाख मत गन्दा चार दलले कटाए ‘थ्रेसहोल्ड’, श्रम सँस्कृति पार्टी पनि छेउछाउमै

रास्वपाले ४१ लाख समानुपातिक मत कटाउँदै अन्य दलको कति ?

८३ लाख मत गन्दा चार दलले कटाए ‘थ्रेसहोल्ड’, श्रम सँस्कृति पार्टी पनि छेउछाउमै
फाइल फोटो

काठमाडौं : फागुन २१ को प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको परिणाम अन्तिम चरणमा पुग्दै गर्दा समानुपातिकतर्फको मतगणना समेत जारी छ ।  समानुपातिकतर्फ अब आठ निर्वाचन क्षेत्रको मात्र मतगणना बाँकी रहेको निर्वाचन आयोजले जनाएको छ ।

संखुवासभा, इलाम–१, अछाम–२, बाजुरा, गोरखा–१ र २, धनुषा–१ र २ मा मात्रै समानुपातिकको मत गणना शुरु हुन बाँकी रहेको आयोगले जनाएको छ । हालसम्म धनुषा–३, महोत्तरी–१, सर्लाही–२, बारा १, २, ३ र ४, रौतहट १, पर्सा १, २ र ४ को मतगणना सकिएको छ ।

रसुवा, सिन्धुली–१ र २, दोलखाको मतगणना सकिएको छ । यस्तै, कञ्चनपुर–१, २ र ३, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, कैलाली १मा मतगणना सकिएको छ । यस्तै, ताप्लेजुङ, धनकुटा, झापा ३, मोरङ २, ३, ४ र ६, सुनसरी–३, तेह्रथुम, उदयपुर–२ को पनि मतगणना सकिएको छ ।

त्यस्तै गुल्मी–१, रोल्पा, रुकुम पश्चिम, बाँके–१, २ र ३, अर्घाखाँची, कपिलवस्तु–२, दाङ २ र ३, पर्वत, तनहुँ, कास्की, लमजुङ, नवलपरासी पूर्व १ र २, मुस्ताङ, म्यादी, स्याङ्जा–१, मनाङ, बाग्लुङ, काठमाडौँ १ देखि १० का सबै, भक्तपुर १ र २, ललितपुर १ र ३ मा पनि मतगणना सकिएको छ ।

समानुपातिकतर्फ हालसम् ८३ लाख ६ हजार ६९६ मत गणना सकिएको छ । प्रत्यक्षतर्फ अहिलेसम्म १२४ सिटमा जितेको रास्वपाले अहिलेसम्म समानुपातिकतर्फ ४१ लाख १७ हजार २७८ मत पाएको छ । प्रत्यक्षतर्फ १७ सिटमा जित निकालेको नेपाली कांग्रेसले समानुपातिकमा १३ लाख ८२ हजार ३४२ मत पाएको छ ।  

प्रत्यक्षमा अहिलेसम्म आठ सिट जितेको एमालेले समानुपातिकतर्फ ११ लाख ६५ हजार १५ मत प्राप्त गरेको छ । प्रत्यक्षमा सात सिट जितेको नेकपाले अहिलेसम्म समानुपातिकतर्फ ६ लाख तीन हजार ७८५ मत पाएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै प्रत्यक्षमा तीन सिट जितेको हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले अहिलेसम्म समानुपातिकमा दुई लाख ९७ हजार ५९८ मत पाएको छ भने राजावादी दलको रुपमा चिनिएको राप्रपाले अहिलेसम्म दुई लाख ८० हजार ४५८ मत मत पाएको छ । 

अहिलेसम्मको मत परिणाम अनुसार मधेसवादी कुनै पनि दलले समानुपातिकतर्फको थ्रेसहोल्ड कटाउने अवस्था देखिएको छैन । जसपाले अहिलेसम्म एक लाख २९ हजार ३३४ मत मात्रै पाएको छ । यस्तै  राष्ट्रिय परिवर्तन पार्टीले पनि एक लाख २३ हजार ७९० मत पाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाइसकेका छन् । श्रम संस्कृति पार्टी भने थ्रेसहोल्ड नजिकै छ । निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फ एक करोड नौं लाख मत खसेको थियो । समानुपातिकतर्फ सिट पाउन खसेको मतमध्ये सदर मतको ३ प्रतिशत मत कटाउनु पर्छ । समानुपातिकतर्फ सिट पाउन कूल सदर मतको ३ प्रतिशत मत कटाउनु पर्ने संवैधानिक व्यवस्थालाई नै थ्रेसहोल्ड भनिन्छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । १६५ जना भने प्रत्यक्ष निर्वाचित हुन्छन् । प्रत्यक्षतर्फको मतगण मैजारोतिर पुगेको छ । समानुपातिकतर्फको मतगणना सकिएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्छ । निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.