बैतडीमा ७ उम्मेदवारको धरौटी जफत

बैतडीमा ७ उम्मेदवारको धरौटी जफत
सुन्नुहोस्

बैतडी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा ७ जना उम्मेदवारको जमानत जफत भएको छ। खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका सात जना उम्मेदवारको जमानत जफत भएको हो। एक स्वतन्त्रसहित ७ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले बताए। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्दले दुई हजार ६८१ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का रामबहादुर कुँवरले २९९ मत, जनता समाजवादी पार्टी, नेपालका आनसिंह भण्डारी र नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले समान ९४/९४ मत, आम जनता पार्टीका बिसनसिंह बोहराले ८२ मत, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेयले ७८ मत र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले १८ मत प्राप्त गरेका थिए। 

फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा यहाँ ७२ हजार ८४३ मतदाताले मतदान गरेका थिए। तीमध्ये ६७ हजार ७३० मत सदर खसेको सूचना अधिकारी दयालले बताए। खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्थाअनुसार उनीहरुको जमानत जफत गरिएको उनले जानकारी दिए।

आइतबार सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारीले २२ हजार १३४ मतसहित विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत र नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका थिए। यस्तै नेपाली कम्युनिस्ट पार्टीका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.