संखुवासभामा एमालेका अर्जुन कार्की विजयी
संखुवसभा : संखुवासभामा नेकपा एमालेका अर्जुन कुमार कार्की विजयी भएका छन्। उनले १५ हजार ६३६ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पाले १५ हजार मत ल्याए। त्यस्तै नेपाली कांग्रेसका दिपन कुमार श्रेष्ठले १३ हजार २७१ र श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ९ हजार ८५७ मत ल्याए।
प्रतिक्रिया दिनुहोस !