कष्टकर पर्खाइपछि वेस्ट इण्डिजले व्यवसायिक उडानमार्फत स्वदेश फर्काउँदै खेलाडी

कष्टकर पर्खाइपछि वेस्ट इण्डिजले व्यवसायिक उडानमार्फत स्वदेश फर्काउँदै खेलाडी
सुन्नुहोस्

काठमाडौं : टी–२० विश्वकप २०२६ खेल्न भारतमा रहेको वेस्ट इण्डिजले आफ्नो खेलाडीलाई व्यवसायिक उडानमार्फत स्वदेश फर्काउने भएको छ ।  मध्य पूर्वमा चलिरहेको तनावको अवस्थाका कारण मार्च १ मा विश्वकपबाट बाहिरिएको वेस्ट इण्डिज कोलकातामा अड्किरहेको थियो ।

जसका कारण खेलाडी तथा अफिसियलहरु स्वदेश फर्कन ढिलाइ भएको थियो । विशेषतः दक्षिण अफ्रिका र वेस्ट इण्डिजको टिम यो समस्याका कारण भारतमा नै अड्किएको हो । बारम्बार आइसीसीले चार्टर विमानको व्यवस्थासहित उनीहरुलाई स्वदेश फर्काउने कोशिस गर्दा पनि अस्तव्यस्त रहेको मध्य पूर्वको एयरपोर्टहरुका कारण खेलाडीहरु भारतमा नै अड्किएका हुन् ।

लामो समय भारतमा नै अड्किएपछि खेलाडी तथा अफिसियलले आफूहरु घर (स्वदेश) फर्कन चाहेको इच्छा व्यक्त गरेका थिए । लामो समयको पर्खाइपछि पनि आइसीसीबाट निश्चितता नआएपछि क्रिकेट वेस्ट इण्डिज (सीडब्ल्यूआई) ले खेलाडी तथा अफिसियललाई व्यवसायिक उडानमार्फत घर फर्काउन लागेको हो ।

वेस्ट इण्डिजका केही खेलाडीहरु भने घर फर्किइसकेका छन् भने कोही मंगलबार र बुधबार गरेर घर फर्किने तयारीमा रहेका छन् । दक्षिण अफ्रिका र वेस्ट इन्डिजका खेलाडीले आइसीसीले यो समस्या समयमा समाधान गर्न नसकेको भन्दै आलोचना समेत गरेका थिए । जहाँ, सेमिफाइनलमा भारतसँग पराजित भएको इङ्ल्याण्ड भने खेल सकिएको भोलिपल्ट नै स्वदेश फर्किसकेको छ ।

यस विषयमा आइसीसीले पक्षपात गरेको भन्ने धारणाहरु पनि बाहिरिएको थियो । इङ्ल्याण्डलाई सहजै स्वदेश फर्काउन आइसीसीले राम्रो व्यवस्था गरेको तर वेस्ट इण्डिज र दक्षिण अफ्रिका भने लामो समय भारतमा नै अड्किनु पर्दा यो विषयको उडान भएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.