एन्फा राष्ट्रिय लिग : बराबरीमा सकियो दुवै खेल

एन्फा राष्ट्रिय लिग : बराबरीमा सकियो दुवै खेल
सुन्नुहोस्

काठमाडौं :  एन्फा राष्ट्रिय लिग २०८२ अन्तर्गत आजको २ खेल जित विहिन बराबरीमा सकिएको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दुवै खेल सम्पन्न भएको थियो। पहिलो खेलमा लालीगुराँस एसोसिएसन र न्युरोड टिम (एनआरटी)ले १-१ को बराबरीमा खेल्दै अंक बाँडेका छन्।

पहिलो हाफमा १-०को अग्रता बनाएको एनआरटीले दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो। एनआरटीको लागि खेलको २६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रतामा लगेका थिए। खेलको निर्धारित समयको अन्तिम मिनेटमा लालीगुराँसका आसिस गुरुङले गोल गर्दै खेललाई बराबरीमा टुंगाएका हुन्। 

बराबरीपछि छैटौं स्थानको एनआरटीको १० खेलमा १९ अंक भएको छ। लालिगुराँस १० खेलमा २० अंक जोडेर चौथो स्थानमै छ। दोस्रो खेलमा जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबले प्रतिस्पर्धा गरेका थिए। 

जसमा यी दुई टोलीले १-१ बराबरी खेले। बराबरीसँगै दुवै टोलीले १/१ अंक बाँडे। जावलाखेलला लागि खेलको २२ औं मिनेटमा बोउबाकार किसोखो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। जवाफी गोल फर्काउन सातदोबाटोको लागि खेलको निर्धारित समयमा थप गरिएको ६ मिनेटको पाँचौं मिनेटमा जगजित श्रेष्ठले गोल गरे। उनको गोलसँगै सातदोबाटोले आजको खेलमा हार टार्‍यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.