विवाहको नाटक गरी महिला बेच्न खोज्ने ७ जना पक्राउ

विवाहको नाटक गरी महिला बेच्न खोज्ने ७ जना पक्राउ
सुन्नुहोस्

महोत्तरी : नक्कली विवाहको नाटक गरी महिला बेचबिखन गर्न खोज्ने ७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपालतर्फका मख्य नाइके नुरी बाबा भनिने नु अलीसहित पीडितको नक्कली आमा र बहिनी बन्ने दुई महिला रहेका छन्। 

त्यसैगरी भारतीयहरूमा गुजरातका सदिक बाक्सु भुर्च, हसम अब्दुला पटेलिया, किसन भगवानभाइ र सुनील भगवानभाइ रहेका छन्।

फागुन २५ गते जलेश्वर–३ स्थित भिट्टामोड बोर्डर हुँदै एक महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चार भारतीय नागरिकलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा ती महिलालाई विवाहको बहानामा बेच्न लागिएको खुलासा भएपछि यस कार्यमा संलग्न अन्यलाई पनि प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ परेकाहरूमाथि अदालतबाट म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.