नेतृत्वलाई मात्रै दोष दिएर कोही उम्कने ठाउँ छैन : एमाले नेता तामाङ
काठमाडौं : नेकपा एमालेले निर्वाचनको परिणामका विषयमा पार्टीभित्र गम्भीर समीक्षा हुने बताएको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता शेरबहादुर तामाङले निर्वाचनको परिणामलाई लिएर नेतृत्वलाई मात्रै दोष दिएर कोही उम्कने ठाउँ नरहेको बताए। निर्वाचनका विषयमा पार्टीभित्र गम्भीर छलफल हुने र आगामी दिनमा बलियो शक्तिको रूपमा अघि बढाउन कमीकमजोरी सुधार गर्दै अघि बढ्ने उनले बताए।
तामाङले जनेजी आन्दोलनमा भएका घटनाको जाँचबुझ आयोगको प्रतिवेदनप्रति छेडखानी गरिएको आशंका व्यक्त गर्दै प्रतिशोध साध्ने काम भएको भए स्वीकार्य नहुने बताए। उनले भ्रष्टाचारको सबै प्रकरणको छानबिन गर्नुपर्ने भन्दै एमालेका नेताहरू भ्रष्टाचार ठहरिए त्यस्ता नेताहरूलाई पार्टीले बोकेर नहिंड्ने स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस !