पहिरोबाट विस्थापितलाई नयाँ घर

पहिरोबाट विस्थापितलाई नयाँ घर
सुन्नुहोस्

तानसेन : गत वर्षको वर्षातमा पहिरोबाट विस्तापित तिनाउ गाउँपालिका–४ बौरीडाँडाका ६ घरपरिवारले  नयाँ घर पाएका छन् । पहिरोका कारण गत बर्षातदेखि घरबारविहीन भएका ६ घर परिवारलाई तिनाउँ गाउँपालिका पाल्पाले प्रदेश र केन्द्र सरकारको सहयोगमा नयाँ घर निर्माण गरिदिएको हो । 

गत बर्षको  मनसुनमा पहिरोले घर बस्नै नमिल्ने भएपछि पविसरा आलेसहित हुमबहादुर गाहा, तुलबहादुर गाहा, यामबहादुर दर्लामी, यानीसरा गाहा र कोपिला सरा रानाका परिवार घरबारविहीन बनेका थिए । ‘वर्षायाम सुरु हुन लाग्दा  गाउँपालिका बाट नयाँ घर पाएका छौं, अब ढुक्कले आफ्नै घरमा बस्न पाइयो, नयाँ घर पाउदा खुशी लागेको छ’ पविसरा आलेले भनिन् । 

सुरक्षित घर निर्माणको लागी संघीय सरकार, लुम्बिनी प्रदेश सरकार र तिनाउ गाउँपालिकाको लागत साझेदारीमा प्रति परिवार ४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको थियो । जोखिममा परेका घरपरिवारले घर निर्माणमा लाखौ रुपैयाको जनश्रमदान गरेका छन् ।

जिल्ला विपद व्यवस्थापन कोषको मापदण्ड अनुसार प्राप्त उक्त रकम बाहेकको अतिरिक्त खर्च र श्रमदानमा घरधनी आफैँ जुटेका थिए। लाभग्राही तुलबहादुर गाहाले सरकारले  आफूहरुलाई घर बनाउन सहयोग गर्दै केही रकम उपलब्ध गराएको बताए । सरकारी सहयोगमा आधा रकम आफूहरुले थपेर घर बनाउन सफल भएको पहिरो पीडित तुलबहादुर गाँहाले बताए । 

गाउँपालिकाले आवास निर्माणका लागि लाभग्राही छनौट गर्दा  प्रहरी मुचुल्का, वडाको सिफारिस र वास्तविक विपन्नतालाई आधार बनाएर सहयोग गरेको छ । स्थानीय सरकार नागरिकको सुख–दुःखको  घर दैलोको सरकार भएको  तिनाउँ गाउँपालिकाका कोही पनि नागरिक घरवासविहीन भएर बस्न नपरोस् भनेर पालिकाले सुरक्षित आवास अभियान शुरु गरेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।   पालिकाले वडा नं. ४ को बौरीडाँडाको यो कार्य त सुरुवात गरेको र आगामी दिनमा अन्य वडामा आवास विहीनहरुलाई सुरक्षित घरवासमा जोड्ने अध्यक्ष श्रेष्ठले बताए । 

वडा नं. ४ का ६ घर परिवारमा सुरक्षित आवास हस्तानतरमा  सहभागी पालिका उपाध्यक्ष लालबहादुर दर्लामीले यस वर्ष पनि थप ३ अति विपन्न परिवारको आवास निर्माणका लागि सिफारिस भइसकेको बताए । पालिकामा कोही पनि घरवासविहीन भएर बस्न नपरोस् भनी  संघ, प्रदेश र पालिकाको लागत साझेदारीमा सुरक्षित आवास कार्यक्रम लागु गरेको उपाध्यक्ष थापाले बताए ।

स्थानीय सरकारले स्थानीयस्तरको समस्याको पहिचान गरी समाधान गर्न सहजीकरण गर्ने, प्रदेश र संघिय सरकारले स्थानीय सरकार संग हातेमाले गरी सहकार्य गरेर काम गरेमा  संघीयताको प्रभावकारिता जनता माझ पुगेको महसुस हुनेछ ।  विपदको समयमा सरकारी संयन्त्रहरूबीच कसरी प्रभावकारी समन्वय हुन सक्छ भन्ने उदाहरण बौरीडाँडाले प्रस्तुत गरेको छ । तीन तहका सरकार र नागरिकको सहकार्यले विपद व्यवस्थापनमा कसरी सफलता पाउन सकिन्छ भन्ने यो एउटा अनुकरणीय नमुना बनेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.