जिएम कप राष्ट्रिय भलिबल: आर्मी, पुलिस र गण्डकीको सहज जित

जिएम कप राष्ट्रिय भलिबल: आर्मी, पुलिस र गण्डकीको सहज जित
सुन्नुहोस्

नवलपुर : नवलपुरको कावासोतीमा जारी ‘दोस्रो जिएम कप राष्ट्रिय भलिबल प्रतियोगिता’ अन्तर्गत शनिबार सम्पन्न खेलहरूमा विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले जित हात पारेका छन्। हारसँगै बागमती प्रदेश र मधेस प्रदेश प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन्।

शनिबार भएको पहिलो खेलमा साबिक विजेता नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २५–१२, २५–१८ र २५–१९ को सोझो सेटमा पराजित गर्‍यो। खेलमा पुलिसका पहल गहतराज ‘म्यान अफ दि म्याच’ घोषित भए।

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि २५–१४, २५–१३ र २५–१२ को सहज जित दर्ता गर्‍यो। आर्मीका देब राना खेलको म्यान अफ दि म्याच चुनिए। त्यस्तै, तेस्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ३–१ को सेटमा हरायो। गण्डकीले पहिलो दुई सेट २५–२१ र २५–१५ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो सेट २३–२५ ले गुमाउन पुग्यो। चौथो सेटमा पुनरागमन गर्दै गण्डकीले २५–२० को जितसहित खेल आफ्नो पोल्टामा पार्‍यो। गण्डकीका सन्जु विक्रम शाह म्यान अफ दि म्याच बने।

आइतबारदेखि क्वार्टरफाइनलका खेलहरू सुरु हुनेछन्। आइतबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश भिड्नेछन् भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश बीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, तेस्रो खेलमा गण्डकी प्रदेश र कोशी प्रदेश तथा चौथो खेलमा एपीएफ क्लब र कर्णाली प्रदेश बीच सेमिफाइनल प्रवेशका लागि भिडन्त हुने आयोजकले जनाएको छ।

जिएम समाज नवलपुर र जिल्ला खेलकुद विकास समिति नवलपुरको संयुक्त आयोजनामा संचालित यस प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरी कुल १० टोलीको सहभागिता रहेको छ। फागुन २८ गतेदेखि सुरु भएको प्रतियोगिता चैत ३ गतेसम्म चल्नेछ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.