स्थानीय गाई पाल्ने कृषकलाई भिटामिन र आवश्यक सामग्री वितरण

स्थानीय गाई पाल्ने कृषकलाई भिटामिन र आवश्यक सामग्री वितरण
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१ ले स्थानीय स्तरमा लोकल तथा रैथाने गाईपालनलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषकलाई विभिन्न सामाग्री वितरण गरेको छ। 

कृषि तथा पशु प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडा भित्रका लोकल गाई पाल्ने कृषकलाई दाना खुवाउने भाडा, भिटामिन, मिनरल तथा अन्य आवश्यक औषधि प्रदान गरिएको हो। वडा कार्यालयले केही समयअघि सूचना जारी गरी वडाभित्र लोकल गाई पाल्ने कृषकबाट निवेदन आह्वान गरेको थियो।

प्राप्त निवेदन तथा प्राविधिक मूल्यांकनका आधारमा छनोट गरिएका कृषकलाई दाना पकाउने तथा खुवाउने डेक्ची, दूध दुहुने बाल्टी, भिटामिन, मिनरल, लिभर टोनिक ट्याब्लेट, जुका तथा माटेको औषधि लगायतका सामग्री वडा भित्रका २१ जना कृषकलाई वितरण गरिएको वडाध्यक्ष माधव  श्रेष्ठले बताए। स्थानीय स्तरका रैथाने गाई संरक्षण र उत्पादन बढाउने उद्देश्यले कृषकलाई प्रोत्साहन स्वरूप यस्तो कार्यक्रम सञ्चालन गरिएको हो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.