साविक विजेता पुलिसलाई हराउँदै आर्मी जिएम कपको फाइनलमा

साविक विजेता पुलिसलाई हराउँदै आर्मी जिएम कपको फाइनलमा

नवलपुर : विभागीय टोली त्रिभुवन आर्मी क्लब नवलपुरमा जारी ‘दोस्रो जिएम कप राष्ट्रिय भलिबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ। सोमबार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो।

बलियो प्रतिद्वन्द्वी मानिएको पुलिसविरुद्ध आर्मीले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो। गत सिजनको उपाधि विजेता पुलिस यो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ। यसैबीच, सोमबार नै हुने तय भएको सशस्त्र प्रहरी बल (एपिएफ) र गण्डकी प्रदेशबीचको दोस्रो सेमिफाइनल खेल भने खराब मौसमका कारण स्थगित भएको छ। खेल चलिरहँदा हावाहुरी र वर्षा सुरु भएपछि खेल रोक्नुपरेको आयोजकले जनाएको छ।

जिएम समाज नवलपुरका सल्लाहकार सहज रानामगरका अनुसार स्थगित भएको दोस्रो सेमिफाइनलको बाँकी खेल मंगलबार बिहान ८ बजेदेखि सुरु हुनेछ। ‘मौसमका कारण आजको दोस्रो खेल पूरा हुन सकेन, अब भोलि बिहान सेमिफाइनल सकेर दिउँसो फाइनल गराउने तयारी छ,’ उनले भने।

मंगलबारको तालिका अनुसार दिउँसो १२ बजे तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ भने उपाधि भिडन्त दिउँसो २ बजे सुरु हुने रानामगरले बताए। जिएम समाज नवलपुर र जिल्ला खेलकुद विकास समिति नवलपुरको संयुक्त आयोजनामा सञ्चालित यस प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरी कुल १० टोलीको सहभागिता रहेको छ। 

गत वर्ष पुलिसले उपाधि जित्दा एपिएफ उपविजेता बनेको थियो। यसपटक साविक विजेता पुलिस सेमिफाइनलबाटै बाहिरिएपछि जिएम कपले नयाँ च्याम्पियन पाउने निश्चित भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.