अली लारीजानीको हत्यापछि इरानले इजरायल र ट्रम्पलाई दियो यस्तो चेतावनी

अली लारीजानीको हत्यापछि इरानले इजरायल र ट्रम्पलाई दियो यस्तो चेतावनी
सुन्नुहोस्

तेरहान : ​​​​​​ इरानले आफ्ना शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकार अली लारीजानीको हत्याको बदला लिने घोषणा गर्दै इजरायलमाथि 'तीव्र' सैन्य कारबाही सुरु गरेको छ।

इरानी राज्य नियन्त्रित सञ्चारमाध्यमहरूका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका उच्च अधिकारीहरूले यो आक्रमण लारीजानीको हत्याको प्रत्यक्ष प्रतिउत्तर भएको पुष्टि गरेका छन्। इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सको एयरोस्पेस फोर्सका कमाण्डर सरदार मौसावीले एक 'द्रुत आक्रमण'को उद्घोष गर्दै शत्रु पक्षलाई कडा चेतावनी दिएका छन्।

उनले भने, 'आज राति शत्रुको आकाश तपाईँका लागि थप दर्शनीय हुनेछ।' मौसावीको यो बयान लगत्तै इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले इजरायली ठेगानाहरूलाई लक्षित गरी शक्तिशाली आक्रमण सुरु गरेको जानकारी दिएको छ।

इरानी सेनाका कमाण्डर-इन-चिफ मेजर जनरल अमिर हातमीले इरानको यो कदम 'निर्णायक र खेदजनकु हुने बताएका छन्। तास्निम न्युज एजेन्सीका अनुसार उनले शहीदहरूको रगतको बदला लिइने दृढता व्यक्त गरे।

यसैबीच, खातम अल-अन्बिया सेन्ट्रल हेडक्वार्टरका कमाण्डर मेजर जनरल अलि अब्दुल्लाहीले सिधै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै चेतावनी दिएका छन्। उनले भने 'ट्रम्पले हाम्रा सरप्राइजहरूको प्रतीक्षा गरुन्। हाम्रो प्रतिक्रिया शत्रुको कल्पनाभन्दा बढी विनाशकारी हुनेछ र यो अभियान शत्रुको आत्मसमर्पण नभएसम्म जारी रहनेछ।'

इरानका वरिष्ठ सल्लाहकार अलि अकबर वेलायतीले अमेरिका र इजरायललाई 'विश्वव्यापी अहंकारुको संज्ञा दिँदै इरानले उनीहरूको दुष्ट अनुहारमा कडा प्रहार गर्ने बताएका छन्।' लारीजानीको हत्याले मध्यपूर्वमा तनाव उत्कर्षमा पुर्‍याएको छ भने इरानको यो पछिल्लो सैन्य कदमले क्षेत्रमा ठूलो युद्धको आशंका बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.