संसद्मा युवा शक्ति

हिजो प्रश्न गर्थे युवा, आज जवाफ दिने ठाउँमा

हिजो प्रश्न गर्थे युवा, आज जवाफ दिने ठाउँमा

प्रतिनिधिसभा सांसद बन्न उमेर चाहिन्छ– २५ वर्ष। जबकि, २५ वर्षमै २ जना युवा प्रतिनिधिसभा सांसद बनेका छन्। राष्ट्रिय युवापरिषद् ऐनले १६ देखि ४० वर्ष उमेर समूहलाई ‘युवा’ को परिभाषामा समेटेको छ। ४० वर्षसम्मका १ सय २ जना युवा नयाँ संसद्मा प्रतिनिधित्व गर्दै छन्।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा युवाको यो उपस्थितिले राजनीतिप्रति युवाको वितृष्णा छ भन्ने भाष्यलाई चिरेको छ। नयाँ संसद्मा युवाको लोभलाग्दो उपस्थितिले युवामैत्री कानुन निर्माणदेखि देश विकास र समृद्धिमा युवाशक्तिको परिचालन हुने अपेक्षा गरिएको छ। त्यति मात्र होइन, सुशासन, रोजगारी, देश विकासका पक्षमा प्रश्न गर्ने युवा आफैं जवाफ दिने ठाउँमा जर्बजस्त पुगेका छन्। 

युवाको लोभलाग्दो उपस्थिति 

जेन–जी आन्दोलनका प्रमुख माग थिए– सुशासन, नेतृत्व हस्तान्तरण र पुस्तान्तरण। अर्थात् दलको नेतृत्वमा युवाको पहुँच र उपस्थिति हुनुपर्ने आन्दोलनको माग थियो। त्यसैकारण निर्वाचनमा युवालाई उम्मेदवार बनाउन विभिन्न दलमाथि ‘दबाब’ पर्‍यो। पार्टी नेतृत्वदेखि नीति निर्माण तहमा युवालाई अघि सार्नै पर्ने बाध्यता आइलाग्यो। रास्वपाले युवा नेता ‘बालेन्द्र शाह, ३६ वर्ष’ लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्‍यो। कांग्रेसले विशेष महाधिवेशन गरेर पुरानो नेतृत्व विस्थापन गर्दै गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्‍यो। जनताले रास्वपालाई अत्यधिक मत दिए। जसका कारण रास्वपाका मात्रै ४० वर्षका प्रत्यक्षमा ५२, समानुपातिक ३१ जना गरी ८३ जना युवा संसदमा पुगेका छन्। कांग्रेस र एमालेले केही युवालाई समानुपातिकबाट संसद्मा प्रतिनिधित्व गराएका छन्। चुनावमा नराम्रो हारपछि एमालेमा पनि पुरानो नेतृत्व हस्तान्तरणको माग चर्को रूपमा उठेको छ। 

युवाको लोभलाग्दो उपस्थितिले भावी संसद युवामैत्री बन्ने देखिएको छ। विगतमा पुरानै नेतृत्वको हालीमुहालीका कारण युवाले राजनीतिलाई ‘डर्टी गेम’ भन्ने गर्थे। उनीहरूमा राजनीतिप्रति वितृष्णा थियो। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले युवालाई राजनीतिमा आउन प्रेरित गर्‍यो। जसको परिणाम फागुन २१ मा भएको प्रतिनिधिसभाको निर्वाचनबाट संसद्मा युवाको बर्चश्व हुने देखिएको छ। युवा अभियन्ता नारायण गिरी अबको संसद युवामय हुने अवस्थाले सकारात्मक र फरक सन्देश गएको बताउँछन्। ‘समस्या उठाउने युवाहरू अब समाधान गर्ने ठाउँमा पुगेका छन्,’ गिरिले भने, ‘संसद् युवामय हुने अवस्थाले देश र जनतामा नयाँ सन्देश गएको छ। 

अब देशले गति लिन्छ भन्ने आशा गर्न सकिन्छ। त्यसका लागि सेवाप्रवाह छिटो छरितो र चुस्तदुरुस्त हुन्छ भन्ने विश्वास गरेका छौं।’ पुराना राजनीतिक दलप्रतिको वितृष्णाले उब्जाएको आक्रोशका कारण नै युवाहरूले नीति निर्माण तहमा पुग्ने मौका पाएको उनको भनाइ छ। अर्का युवा अभियन्ता तिलोत्तम पौडेल प्रतिनिधिसभामा युवाको सहभागिता एकदमै राम्रो हुन लागेकोमा खुसी व्यक्त गर्छन्। प्रश्न उठाउने युवाहरू उत्तर दिने ठाउँमा पुगेकाले युवा सांसदहरूले देश विकास र समृद्धिमा महत्वपूर्ण योगदान गर्नुपर्ने उनले बताए। ‘हिजो प्रश्न उठाउने युवाहरू आज प्रश्नको उत्तर दिने ठाउँमा पुगेका छन्,’ उनले भने, ‘यो युवा आन्दोलनको ठूलो उपलब्धि हो।

अब युवाले केही गरेर देखाउने बेला आएको छ।’ सुशासन र भ्रष्टाचारविरुद्ध उठाएको सशक्त आवाजलाई युवा सांसदहरूले कार्यान्वयन गर्ने बेला आएको उनको भनाइ छ। ‘युवाले नै सुशासनको मुद्दा उठाएका हुन्,’ पौडेलले भने, ‘डिजिटल प्रविधिको प्रभावकारी कार्यान्वयनको कुरा, सेवाग्राहीहरूले छिटोछरितो सेवा प्राप्त गर्ने कुरा युवाका मुद्दा हुन्। आफैंले उठाएका मुद्दा कार्यान्वयन गर्ने ठाउँमा युवा पुगेकाले केही होला भन्ने विश्वास गर्न सकिन्छ।’ युवामा लगानी बढाउने र स्वदेशमै स्वरोजगार दिनका लागि ठूलो अवसर प्राप्त भएको पौडेलको भनाई छ। ‘युवाहरूलाई लगानी बढाउन र युवाहरूलाई स्वदेशमै स्वरोजगार दिनका निम्ति पर्याप्त बहुमत सहितको सरकारले केही योगदान गर्छ कि भन्ने अपेक्षा आमयुवाको छ,’ उनले भने। 

२५ वर्षमै २ सांसद 

प्रतिनिधिसभामा २५ वर्ष उमेरका दुई जना सांसदको प्रतिनिधित्व हुँदैछ। प्रशान्त उप्रेती र रुवीकुमारी यादव उमेरमा सबैभन्दा कान्छा सांसद हुन्। मकवानपुर–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उप्रेती प्रत्यक्षतर्फका सबैभन्दा कान्छा सांसद बनेका छन्। उनले एमाले युवा नेता महेशकुमार बर्तौलालाई पराजित गरेका थिए। समानुपातिकतर्फ भने रुवीकुमारी यादव सबैभन्दा कान्छी सांसद बनेकी छिन्। हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीबाट रुवीकुमारी समानुपातिकतर्फबाट सांसद बनेकी हुन्। 

इँटाभट्टा र सैलुन व्यवसायबाट संघर्षपूर्ण यात्रा गरेकी धनुषाकी रुबिनाकुमारी २५ वर्षकै उमेरमा समानुपातिक सांसद बनेकी हुन। यसमा उनको व्यक्तिगत सफलता मात्र होइन, भुइँमान्छे पनि नीति निर्माण तहमा पुग्न सक्छन् भन्ने उदाहरण बनेकी छिन्। साधारण परिवारका युवालाई पनि राजनीतिमा आउन उनी प्रेरणाकी स्रोत बनेकी छिन्। 

३० वर्षसम्मका २५ सांसद 

प्रतिनिधिसभामा २५ देखि ३० वर्षसम्मका २५ जना सांसद निर्वाचित भएका छन्। प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ १३ जना युवा निर्वाचित भएका छन्। जसमा २२ जना त रास्वपाका नै छन् । कांग्रेसबाट १ जना र श्रमसंस्कृति पार्टीबाट २ जना छन्। रास्वपाबाट समानुपातिकतर्फ १२ जना यो उमेर समूहका सांसद बनेका छन्। २९ वर्षीया अनुष्का श्रेष्ठ, ३० वर्षीया एलिजा गुरुङ, २९ वर्षीया क्रान्तिशिखा धिताल, २७ वर्षीया आकृति अवस्थी निर्वाचित भएका छन्। २७ वर्षीया सृष्टि भट्टराई, ३० वर्षीया सीता वादी, २६ वर्षीया स्मृति सेन्चुरी, २७ वर्षीया श्रद्धा कुँवर निर्वाचित भएका छन्। त्यस्तै २७ वर्षीया खिमा विक,२८ वर्षीया करिस्मा कठरिया २७ वर्षीय पुरुषोत्तम सुप्रभात यादव र ३० वर्षीया अंकिता ठाकुर निर्वाचित भएका छन्। 

त्यस्तै, ११ जना प्रत्यक्षमा नै निर्वाचित भएका छन्। झापा १ बाट २९ वर्षीया निशा डाँगी, सप्तरी २ बाट ३० वर्षीय रामजी यादव, सिरहा १ बाट २८ वर्षीय बब्लु गुप्ता, सिराहा २ बाट ३० वर्षीय शिवशंकर यादव, काठमाडौं १ बाट रन्जु दर्शना, काठमाडौं ५ बाट सस्मित पोखरेल, मकवानपुर २ बाट २५ वर्षीय प्रशान्त उप्रेती, चितवन ३ बाट सोविता गौतम, नवलपरासी सुस्तापूर्व २ बाट २६ वर्षीया मनिष खनाल, रुपन्देही २ बाट २८ वर्षका सुलभ खरेल र कैलाली २ बाट २६ वर्षका केपी खनाल निर्वाचित भएका छ्न। कांग्रेस र श्रम संस्कृतिबाट पनि समानुपातिकमा ३० वर्ष उमेर समूहका सांसद बनेका छन्। कांग्रेसबाट समानुपतिकतर्फ ३० वर्षीया गीता गुरुङ निर्वाचित भएकी छिन् भने श्रम संस्कृतिबाट आरेन राई र रुवीकुमारी यादव निर्वाचित भएका छन्। २९ वर्षीय आरेन राई खोटाङबाट निर्वाचित भएका हुन्। एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाबाट ३० वर्षमुनिका एक जना पनि सांसद निर्वाचित भएका छैनन्। 

३१ देखि ४० वर्षसम्मका 

भावी प्रधानमन्त्री बालेन शाह यो उमेर समूहमा पर्छन्। यो उमेर समूहका ७६ जना निर्वाचित भएका छन्। ३१ देखि ४० वर्षसम्मका प्रत्यक्षमा ४८ र समानुपातिकमा २८ जना निर्वाचित भएका छन्। झापा ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रास्वपाका ३६ वर्षीय बालेन शाहले हराएका थिए। त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनलाई झापा ३ मा ३७ वर्षीय प्रकाश पाठकले पराजित गरेका थिए। मोरङ २ मा कांग्रेस नेता डा. मीनेन्द्र रिजाललाई रास्वपाका ४० वर्षीय कृष्णकुमार कार्कीले पराजित गरेका थिए भने मोरङ ३ मा चर्चित नेता डा. सुनील शर्मालाई रास्वपाकै ४० वर्षीय गणेश कार्कीले हराएका थिए। 

कांग्रेस नेता डा.शेखर कोइरालालाई ३१ वर्षीया रुविना आचार्यले हराएकी थिइन्। आचार्य पनि रास्वपाकै सांसद हुन्। सुनसरी २ बाट ३९ वर्षीय लालविक्रम थापा, उदयपुर १ बाट ४० वर्षका पारशमणि गेलाल, सप्तरी १ बाट ३६ वर्षीया पुष्पाकुमारी चौधरी, सिराहा ४ बाट ३३ वर्षीय तपेश्वर यादव, महोत्तरी १ बाट ४० वर्षका प्रमोदकुमार महतो निर्वाचित भए। महोत्तरी २ बाट ३४ वर्षीय दिपककुमार साह, महोत्तरी ३ बाट ३३ वर्षका उज्ज्वल कुमार झा, सर्लाही २ बाट ३८ वर्षीय रविन महतो निर्वाचित भए। बारा ४ बाट ३९ वर्षका रहवर अन्सारी, पर्सा २ बाट ३६ वर्षका सुशीलकुमार कानु विजयी बने। यी सबै रास्वपाका हुन्। 

दोलखाबाट रास्वपाका ३६ वर्षीय जगदीश खरेलले एमाले नेता पार्वत गुरुङलाई हराएका थिए। सिन्धुली १ बाट ३८ वर्षका धनेन्द्र कार्की, धादिङ १ बाट ३७ वर्षीया आसिका तामाङ, काठमाडौं ४ बाट ३८ वर्षका पुकार बम निर्वाचित भए। रास्वपा नेता ३९ वर्षीय राजीव खत्री एमाले सचिव महेश बस्नेतलाई भक्तपुर २ बाट हराएका थिए। 

ललितपुर ३ बाट ३६ वर्षीया तोसीमा कार्की, काभ्रेपलाञ्चोलक २ बाट ३३ वर्षका बदनकुमार भण्डारी, मकवानपुर १ बाट ३७ वर्षका प्रकाश गौतम, गोरखा १ बाट ३८ वर्षीय सुधन गुरुङ, स्याङजा २ बाट ३३ वर्षका झविलाल डुम्रे, नवलपरासी (बर्दघाट सुस्तापर्व १) ३९ वर्षीय राजन गौतम, बागलुङ १ बाट ३९ वर्षका सुशील खड्का निर्वाचित भए। यस्तै, बाग्लुङ २ बाट ३४ वर्षका सोम शर्मा, गुल्मी २ बाट ३४ वर्षका सागर ढकाल, अर्घाखाँचीबाट ३७ वर्षका हरिप्रसाद भुसाल, रुपन्देही १ बाट ३५ वर्षका सुनिल लम्साल, रुपन्देही ४ बाट ३६ वर्षका कन्हैया बनिया, रुपन्देही ५ बाट ३८ वर्षका तौफिक अहमद खानले चुनाव जिते। 

प्युठानबाट निर्वाचित ३१ वर्षका सुशान्त वैदिकले एमाले नेता सुर्य थापालाई हराएका थिए भने दाङ २ बाट निर्वाचित ३९ वर्षका विपिनकुमार आचार्यले एमाले महासचिव शंकर पोखरेललाई हराएका थिए। दाङ ३ बाट ३६ वर्षका कमल सुवेदी, बाँके ३ बाट ३५ वर्षका खगेन्द्र सुनार, कैलाली ३ बाट ३९ वर्षका जगतप्रसाद जोशी, कञ्चनपुर २ बाट ३८ वर्षका दिपकराज बोहरा र कञ्चनपुर ३ बाट ४० वर्षका ज्ञानेन्द्रसिंह महता निर्वाचित भए। प्रत्यक्षतर्फ ३१ वर्षदेखि ४० वर्षसम्मका ४० जना रास्वपाबाट निर्वाचित भएका छन्। कांग्रेसबाट ४ जना छन्।

जसमा इलाम १ बाट ३५ वर्षका निश्कल राई, रौतहट २ बाट ३९ वर्षका फिरदोश आलम, मुस्ताङबाट ३२ वर्षका योगेश गौचन थकाली, पाल्पा १ बाट ३८ वर्षका सन्दीप राना र जाजरकोटबाट ४० वर्षका खड्कबहादुर बुढा विजयी भए। ३१ देखि ४० वर्ष समूहमा एमालेबाट २ जना निर्वाचित भए। ताप्लेजुङबाट ३८ वर्षका क्षितिज थेबे र इलाम २ बाट ३६ वर्षका सुहाङ नेम्बाङ निर्वाचित भए। त्यस्तै राप्रपाबाट ३४ वर्षका ज्ञानेन्द्र शाही निर्वाचित भएका छ्न। शाही जुम्लाबाट दोस्रो पटक निर्वाचित भएका हुन्। 

समानुपातिकतर्फ ३१ देखि ४० वर्षका २८ जना निर्वाचित भएका छ्न। जसमा रास्वपाका मात्रै २० जना छन्। ३६ वर्षका राम लामा, ३६ वर्षकै मिङमा ग्याबु शेर्पा,३५ वर्षका गंगा छन्त्याल,३७ वर्षका भूमिका श्रेष्ठ, ३९ वर्षका सुजाता तामाङ , ३६ वर्षका कृपा महर्जन निर्वाचित भएका छन्। त्यस्तै रास्वपाबाटै ३२ वर्षका रमेश प्रसाइं, ३२ वर्षकै प्रतिभा रावल, ३८ वर्षका शोभा खनाल, ३९ वर्षका प्रभा ढकाल, ३७ वर्षका रीमा विश्वकर्मा, ३६ वर्षका तारा विश्वकर्मा, ३३ वर्षकागीता चौधरी, ३८ वर्षका निशा मेहता, ३२ का सरिता महतो, ३५ वर्षका सुनिताकुमारी चौधरी, ३७ वर्षका.समिना मिया, ३१ वर्षका अप्सना बानु र ३१ वर्ष कै गजाला समीम मिकरानी निर्वाचित भए। 

कांग्रेसबाट ३ जना निर्वाचित भए। ३९ वर्षीया रेनुका काउँचा,३७ वर्षीया हरिनादेवी कामी र ४० वर्षीया शाहजान खातुन निर्वाचित भएका छन्। समानुपातिकमा एमालेबाट ४ जना ३१ देखि ४० वर्ष उमेर समूहका सांसद छन्। जसमा ३४ वर्षीया एशुदाकुमार बराल,३७ वर्षीया नीता घतानी, ४० वर्षीया रिगंला यादव र ४० वर्षीया यशोधा कुमारी छन्। राप्रपाकी ३५ वर्षीया खुश्बु ओली पनि समानुपातिकबाट सांसद बनेकी छिन। 

७० वर्षमाथिका ९ जना : सबैभन्दा ज्येष्ठ केसी 

प्रतिनिधिसभामा सबैभन्दा ज्येष्ठ सांसद भएका छन्, अर्जुननरसिंह केसी। कांग्रेसका सामुपातिकतर्फ निर्वाचित केसी ७८ वर्षका हुन्। ०३८ सालदेखि केसी निर्वाचित हँदै आएका छन्। केसी कांग्रेस सभापति गगन थापाका ससुरा पनि हुन्। सबैभन्दा ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभाको अध्यक्षता गरेर सांसदहरूलाई शपथ खुवाउने छन्। केसीसहित ७० वर्ष माथिका ९ जना सांसद निर्वाचित भएका छन्। समानुपातिकतर्फ ५ र प्रत्यक्षमा ३ जना यो उमेर समूहका छन्। कांग्रेसकै ७० वर्षीया रुक्मणीदेवी कोइराला पनि समानुपातिकबाट सांसद बनेकी छन्। 

एमालेबाट ७० वर्षीय पुष्पराज कँडेल तथा नेपाली कम्युनिस्ट पार्टीबाट ७१ वर्षीय प्रमेशकुमार हमाल र ७३ वर्षीय परसुराम तामाङ पनि समानुपातिकबाट सांसद बनेका छन्। प्रत्यक्षतर्फ मनाङबाट ७१ वर्षका टेकबहादुर गुरुङले जितेका छन्। प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिएर म्याग्दीबाट जितेका महावीर पुन ७१ वर्षका हुन्। कांग्रेसका गुरुङ र स्वतन्त्र उम्मेदवार बनेका पुन नै प्रत्यक्षबाट जित्ने सबैभन्दा ज्येष्ठ सदस्य हुन्।

कांग्रेसका अछाम १ बाट ७० वर्षीय भरतकुमार स्वार निर्वाचित भए। रुकुमपुूर्वबाट नेपाली कम्युनिस्ट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भए। दाहाल पनि ७० वर्ष पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाबाट ७० वर्षमाथिका कुनै पनि सांसद निर्वाचित भएका छैनन्। ६० वर्षदेखि माथिका जम्मा ३२ जना मात्रै सांसद निर्वाचित भएका छन्। ६० देखि ६९ वर्षसम्मका २३ जना छन्। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा यो पटक अधिकांश सांसद ६० वर्षभन्दा कम उमेरका छन्। २४५ जना नै ६० वर्षभन्दा कम उमेरका छन्। 


७० वर्ष र सोभन्दा माथि
समानुपातिकतर्फ 

१.    अर्जुननरसिंह केसी ७८ वर्ष, कांग्रेस 
२.     रुक्मणीदेवी कोइराला ७० वर्ष कांग्रेस 
३.    पुष्पराज कँडेल, ७० वर्ष, एमाले 
४.    प्रमेशकुमार हमाल, ७१ वर्ष, नेकपा 
५.    परशुराम तामाङ, ७३ वर्ष, नेकपा 

प्रत्यक्षतर्फ 
१.    टेकबहादुर गुरुङ, ७१ वर्ष, मनाङ कांग्रेस
२.    भरतकुमार स्वार, ७०, अछाम १ कांग्रेस
३.     पुष्पकमल दाहाल, ७०, रुकुमपूर्व, नेकपा 
४.     महावीर पुन, ७१ वर्ष, म्याग्दी 

६० देखि ६९ सम्म 
समानुपातिकतर्फ 

१.    खुस्बु सरकार श्रेष्ठ, ६२ वर्ष, रास्वपा 
२.    कालीबहादुर सहकारी, ६८ वर्ष, कांग्रेस 
३.    सुशीला ढकाल आचार्य, ६४ वर्ष,कांग्रेस 
४.    चन्द्रमोहन यादव, ६४ वर्ष कांग्रेस 
५.     भिष्मराज आङ्दाम्बे ६१ वर्ष कांग्रेस
६.    रामबहादुर थापा मगर, ६९ वर्ष, एमाले 
७.    कुलभक्त शाक्य, ६३ वर्ष, एमाले
८.    टुकाभद्रा हमाल, ६३ वर्ष, एमाले 
९.    गुरुप्रसाद बराल, ६८ वर्ष, एमाले 
१०.    चन्द्रश्वर मण्डल, ६१ वर्ष, एमाले
११.    जोगकुमार वरवरिया यादव, ६१ वर्ष, नेकपा 
१२.    पूर्णबहादुर लिम्बु, ६३ वर्ष, श्रम संस्कृति पार्टी 
१३.    भरत गिरी ६३ वर्ष, राप्रपा
१४.    ताहिर अली भाट ६३ वर्ष, राप्रपा 

प्रत्यक्षतर्फ 
१.    सीताराम साह, ६५, सप्तरी ४ रास्वपा 
२.    विक्रमसिंह थापा, ६३, कपिलवस्तु २ रास्वपा 
३.    देवराज पाठक, ६०, दाङ १ रास्वपा 
४.    प्रकाशसिंह कार्की, ६२, सोलुखुम्बु, कांग्रेस
५.    जनकराज गिरी, ६०, बाजुरा, कांग्रेस 
६.     भरतबहादुर खड्का, ६८, डोटी, कांग्रेस 
७.    अर्जुनकुमार कार्की, ६२, संखुवासभा, एमाले 
८.    लक्ष्मीप्रसाद पोखरेल, ६३, दैलेख २,एमाले 
९.    मातृकाप्रसाद यादव, ६७, नेकपा 

३० वर्षसम्म
समानुपातिकतर्फ 

१.    अनुष्का श्रेष्ठ, २९ वर्ष, रास्वपा 
२.    एलिजा गुरुङ, ३० वर्ष, रास्वपा 
३.    क्रान्तिशिखा धिताल, २९ वर्ष, रास्वपा 
४.    आकृति अवस्थी, २७ वर्ष रास्वपा 
५.    सृष्टि भट्टराई, २७ वर्ष, रास्वपा 
६.    सीता वादी, ३० वर्ष, रास्वपा 
७.    स्मृति सेन्चुरी, २६ वर्ष, रास्वपा 
८.    खिमा विक, २७ वर्ष, रास्वपा 
९.    करिस्मा कठरिया,२८ वर्ष, रास्वपा 
१०.    पुरुषोत्तम सुप्रभात यादव, २७ वर्ष, रास्वपा 
११.     अंकिता ठाकुर, ३० वर्ष, रास्वपा 
१२.     श्रद्धा कुँवर, २७ वर्ष (रास्वपा)
१३.    गीता गुरुङ, ३० वर्ष, कांग्रेस 
१४.    रुवीकुमारी यादव, २५ वर्ष,  (श्रम संस्कृति पार्टी)
 

३० वर्ष मुनिका (प्रत्यक्ष) 

१.    निशा डाँगी २९ वर्ष, रास्वपा झापा १ 
२.    रामजी यादव, ३० वर्ष, सप्तरी २ 
३.    बब्लु गुप्ता, २८ वर्ष, सिरहा १ 
४.    शिवशंकर यादव, ३०, सिरहा २ 
५.    रन्जु दर्शना, ३० काठमाडौं १ 
६.    सस्मित पोखरेल, २९ काठमाडौं ५ 
७.    प्रशान्त उप्रेती, २५, मकवानपुर २ 
८.    सोविता गौतम, ३०, चितवन ३ 
९.    मनिष खनाल, २६, नवलपरासी सुस्तापूर्व २ 
१०.    सुलभ खरेल, २८, रुपन्देही २ 
११.    केपी खनाल, २६, कैलाली २ 
१२.    आरेन राई, २९ वर्ष खोटाङ (श्रम संस्कृति)

३० देखि ४० वर्ष
प्रत्यक्ष 

१.    प्रकाश पाठक, ३७, झापा ३, रास्वपा 
२.    बालेन साह, ३६ झापा ५, रास्वपा 
३.    कृष्णकुमार कार्की, ४० वर्ष, मोरङ २
४.    गणेश कार्की, ४० वर्ष, मोरङ ३ 
५.     रुविना आचार्य, ३१ वर्ष, मोरङ ६ 
६.     लालविक्रम थापा, ३९ सुनसरी २ 
७.    पारशमणि गेलाल, ४०, उदयपुर १ 
८.    पुष्पाकुमारी चौधरी, ३६ वर्ष सप्तरी १ 
९.    तपेश्वर यादव, ३३ सिराहा ४ 
१०.    प्रमोदकुमार महतो, ४० वर्ष महोत्तरी १
११.    दिपककुमार साह, ३४ वर्ष, महोत्तरी २ 
१२.    उज्ज्वल कुमार झा, ३३ वर्ष, महोत्तरी ३ 
१३.    रविन महतो, ३८ वर्ष, सर्लाही २ 
१४.    रहवर अंसारी, ३९ वर्ष, बारा ४ 
१५.    सुशीलकुमार कानु, ३६ वर्ष, पर्सा २ 
१६.    जगदीश खरेल, ३६ वर्ष, दोलखा 
१७.    धनेन्द्र कार्की, ३८वर्ष, सिन्धुली १ 
१८.    आसिका तामाङ, ३७ वर्ष, धादिङ १ 
१९.    पुकार बम, ३८ वर्ष, काठमाडौं ४ 
२०.    राजीव खत्री, ३९ वर्ष, भक्तपुर २ 
२१.    तोसीमा कार्की, ३६ वर्ष, ललितपुर ३ 
२२.    बदनकुमार भण्डारी, ३३ वर्ष, काभ्रेपलाञ्चोलक २ 
२३.    प्रकाश गौतम, ३७ वर्ष, मकवानपुर १ 
२४.    सुधन गुरुङ, ३८ वर्ष, गोरखा १
२५.    झविलाल डुम्रे, ३३, स्याङजा २ 
२६.    राजन गौतम, ३९ वर्ष, नवलपरासी (बर्दघाट सुस्तापर्व १)
२७.    सुशील खड्का,३९ वर्ष, बाग्लुङ १
२८.    सोम शर्मा, ३४ वर्ष, बाग्लुङ २ 
२९.    सागर ढकाल, ३४ वर्ष, गुल्मी
३०.    हरीप्रसाद भुसाल, ३७ वर्ष, अर्घाखाँची 
३१.    सुनिल लम्साल, ३५ वर्ष, रुपन्देही १ 
३२.    कन्हैया बनिया, ३६ वर्ष, रुपन्देही ४ 
३३.    तौफिक अहमद खान, ३८ वर्ष, रुपन्देही ५ 
३४.    सुशान्त वैदिक, ३१ वर्ष, प्युठान
३५.    विपिनकुमार आचार्य, ३९ वर्ष, दाङ २ 
३६.    कमल सुवेदी, ३६ वर्ष, दाङ ३ 
३७.    खगेन्द्र सुनार, ३५ वर्ष, बाँके ३ 
३८.    जगतप्रसाद जोशी, ३९ वर्ष, कैलाली ३ 
३९.    दीपकराज बोहरा, ३८ वर्ष, कञ्चनपुर २ रास्वपा 
४०.    ज्ञानेन्द्रसिंह महता, ४० वर्ष, कञ्चनपुर ३ रास्वपा 
४१.    निश्कल राई, ३५ वर्ष, इलाम १ कांग्रेस 
४२.    फिरदोश आलम,३९, रौतहट २ कांग्रेस 
४३.    योगेश गौचन थकाली, ३२ वर्ष, मुस्ताङ, कांग्रेस 
४४.    सन्दीप राना, ३८ वर्ष, पाल्पा १, कांग्रेस 
४५.    खड्कबहादुर बुढा, ४० वर्ष, जाजरकोट,कांग्रेस 
४६.    क्षितिज थेबे, ३८, ताप्लेजुङ, एमाले
४७.    सुहाङ नेम्बाङ, ३६ वर्ष, इलाम २, एमाले
४८.    ज्ञानेन्द्र शाही, ३४ वर्ष, जुम्ला, राप्रपा 

समानुपातिकतर्फ 
१.    राम लामा, ३६ वर्ष, रास्वपा 
२.    मिङमा ग्याबु शेर्पा, ३६ वर्ष, रास्वपा 
३.    गंगा छन्त्याल, ३५ वर्ष 
४.    भुमिका श्रेष्ठ, ३७ वर्ष 
५.    सुजाता तामाङ, ३९ वर्ष 
६.    कृपा महर्जन, ३६ वर्ष 
७.    रमेश प्रसार्इं, ३२ वर्ष 
८.    प्रतिभा रावल, ३२ वर्ष 
९.    शोभा खनाल, ३८ वर्ष 
१०.    प्रभा ढकाल, ३९ वर्ष 
११.    रीमा विश्वकर्मा, ३७ वर्ष 
१२.    तारा विश्वकर्मा, ३६ वर्ष 
१३.    गीता चौधरी, ३३ वर्ष 
१४.    निशा मेहता, ३८ वर्ष 
१५.    सरिता महतो ३२ वर्ष 
१६.    सुनिताकुमारी चौधरी ३५ वर्ष 
१७.    समिना मिया, ३७ वर्ष 
१८.    अप्सना बानु, ३१ वर्ष 
१९.    गजाला समीम मिकरानी, ३१ वर्ष, रास्वपा 
२०.    रेनुका काउँचा, ३९ वर्ष, कांग्रेस 
२१.     हरिनादेवी कामी, ३७ वर्ष, कांग्रेस 
२२.    शाहजान खातुन, ४० वर्ष, कांग्रेस 
२३.    एशुदाकुमार बराल, ३४ वर्ष, एमाले 
२४.    नीता घतानी, ३७ वर्ष, एमाले
२५.    रिगला यादव, ४० वर्ष, एमाले
२६.    यशोधाकुमारी, ४० वर्ष, एमाले
२७.    खुश्बु ओली, ३५ वर्ष, राप्रपा 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.