बैतडीमा ट्रक दुर्घटना: आमा–छोरासहित चार जना घाइते
बैतडी : बैतडीमा ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन्। जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न -८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै गरेको सु प्र प ०१ ००१ ख २८०९ नम्बरको ट्रक आज बिहान करिब २ बजेको समयमा दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।
घाइते हुनेमा बैतडीको पाटन नगरपालिका-८ का २५ वर्षीया निर्मला बिष्ट र उनका दुई छोरा वर्ष ७ का अभिषेक र ४ वर्षका प्रीन्स बिष्ट तथा ट्रक चालक पाटन-८ कै ३६ वर्षीय कृष्ण बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
घाइते चारै जनालाई उपचारको लागि धनगढी लगिएको प्रहरीले जनाएको छ। सिमेन्ट बोकेको ट्रक अनियन्त्रित भइ दुर्घटना भएको बुझिएको छ । ट्रक करिब २५ मिटर तल खसेको छ ।
प्रतिक्रिया दिनुहोस !