जापानी जहाजका लागि होर्मुज जलसन्धि खुला गर्न इरान तयार
इरान : विश्वकै सबैभन्दा महत्त्वपूर्ण सामुद्रिक मार्ग होर्मुज जलसन्धिबाट जापानी जहाजहरूलाई आवतजावत गर्न दिन इरान सकारात्मक देखिएको छ।इरानी विदेशमन्त्री अब्बास अरागचीले जापानको 'क्योडो न्युज'सँग कुरा गर्दै होर्मुज जलसन्धिबाट जापानी जहाजहरूलाई आवतजावत गर्न दिन इरान तयार रहेको बताएका छन्।
उनले सामुद्रिक प्रतिबन्धहरूलाई अस्थायी रूपमा हटाउने र व्यापारिक मार्ग सहज बनाउने विषयमा दुई देशबीच प्रारम्भिक छलफल सुरु भइसकेको खुलासा गरे।
यद्यपि, जापान सरकारले यस प्रस्तावलाई निकै सावधानीपूर्वक विश्लेषण गरिरहेको छ। जापानी अधिकारीहरूका अनुसार इरानसँगको प्रत्यक्ष वार्ता सकारात्मक भए तापनि अमेरिकालाई चिढ्याउने कुनै पनि कदम नचाल्न जापान सचेत छ। अर्कोतर्फ जापानी परराष्ट्र मन्त्रालयले यो प्रस्ताव इरानको कुनै नयाँ रणनीतिक दाउपेच हुन सक्ने भन्दै यसको 'वास्तविक नियत' बुझ्न आवश्यक रहेको बताएको छ।
विश्वको ऊर्जा आपूर्तिको प्रमुख केन्द्र मानिने यो मार्ग खुल्दा जापानलाई केही राहत त मिल्नेछ, तर ऊर्जा संकटको पूर्ण समाधानका लागि भने यो मात्र पर्याप्त छैन् ।
प्रतिक्रिया दिनुहोस !