रसुवागढी नाकामा हरेक महिना १५ दिन व्यापार प्रभावित हुने

रसुवागढी नाकामा हरेक महिना १५ दिन व्यापार प्रभावित हुने

काठमाडौं : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा तीन महिना व्यापार प्रभावित हुने भएको छ। स्याफ्रु-रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि प्रत्येक महिना १५ दिन सडक बन्द हुने भएपछि व्यापार प्रभावित हुने भएको हो। 

गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजनाले सूचना प्रकाशित गरेर अप्रिल महिनादेखि तीन महिनासम्म १५/१५ दिनका दरले सडक बन्द गर्ने जानकारी दिएको हो। 

योजनाका अनुसार अप्रिल १ देखि १५, मे १ देखि १५ र जुन १ देखि १५ सम्म सडक पूर्ण रूपमा बन्द हुने छ। चाइना एड स्याफ्रुबेसी रसुवागढी रिपियर एन्ड इम्प्रुभमेन्ट प्रोजेक्ट अप्रिल १ देखि सुरु हुने छ। 

यस सडक खण्डको स्तरोन्नति चिनियाँ ठेकेदार सिजाङ थियनलुले गर्न लागेको हो। निर्माण पक्षले सडक बन्द गर्नुपर्ने माग गरेकाले उक्त निर्णय गरेको योजनाले जनाएको छ। 

योजनाका अनुसार यस खण्डमा अति अप्ठ्यारो र अति नै जोखिमयुक्त ठाउँहरूमा निर्माण कार्य गर्दा निर्माण सामग्री तथा मेसिनरी राख्नुपर्ने, छिटोभन्दा छिटो प्रगति हासिल गर्न तथा सुरक्षाको दृष्टिकोणले सडक बन्द गरेर निर्माण कार्य गर्नका लागि सडक बन्द गर्नुपर्ने अवस्था आएको हो। 

नागरिकको सामान्य जनजीवन प्रभावित नहुने गरी आपतकालीन र अति आवश्यक सवारीसाधनहरू सञ्चालनमा निर्माण व्यवसायीले सहजीकरण गर्नेछन्। यस अवधिमा अन्य सवारीसाधनहरू भने सञ्चालन गर्न पाइने छैन। 

स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेको छ। जसमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्ने छ। यो अहिले एक लेनको कच्ची सडक हो। चिनियाँ पक्षले कालोपत्रे सहितको दुई लेनको सडक बनाउने छ।  

२०७७ चैतबाट चिनियाँ पक्षले स्तरोन्नति गर्ने योजना अघि सारेको थियो। नेपाली पक्षले गर्नुपर्ने काम समयमा नै नसकिएको र कोभिड–१९ का कारण काम पछि धकेलिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.