कामना सेवा विकास बैक र चितवन ग्रान्ड रेजेन्सी रिसोर्टबीच सम्झौता
कामना सेवा विकास बैंकले चितवनको भरतपुरस्थित चितवन ग्रान्ड रिजेन्सी रिसोर्टसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्धहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटलका प्रबन्ध निर्देशक जनार्धन रिजालले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया दिनुहोस !