पीएम कप क्रिकेट

कर्णालीविरुद्ध सुदूरपश्चिमका हेमन्तले लिए ६ विकेट

कर्णालीविरुद्ध सुदूरपश्चिमका हेमन्तले लिए ६ विकेट

वीरगन्ज :  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमका बलर हेमन्त धामीले कर्णालीविरुद्ध ६ विकेट लिएका छन् । वीरगन्जको नारायणी रंगशालामा जारी खेलमा धामीले कर्णालीविरुद्ध ६ विकेट लिएका हुन्।

टस हारेर ब्याटिङ गर्न आएको कर्णालीले ३२ ओभरमा सबै विकेट गुमाएर ११९ रन मात्र बनाउन सक्यो । कर्णालीलाई सामान्य स्कोरमै रोक्ने क्रममा धामीले सात ओभर बलिङ गर्दै १६ रन खर्चिएर ६ विकेट लिए ।

पहिलो ओभरमै रवीन्द्र शाहीको विकेट लिएर सुखद् सुरुवात दिलाएका धामीले अर्जुन घर्ती, दीपेन्द्र रावत, दिनेश अधिकारी, विपिन रावल, दिवन पुनको विकेट लिएका हुन् । कर्णालीका लागि कप्तान शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहोराले समान १–१ विकेट लिए ।

कर्णालीका विपिन रावलले ३३,सुनिल धमलाले २८ र अरविन्द घर्तीले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । निर्धारित ५० ओभरको खेलमा १२० रनको लक्ष्य पाएको सुदूरपश्चिमले अहिले पाँच ओभरमा दुई विकेट गुमाउँदै २६ रन बनाएको छ । 

सुदूरपश्चिमका ओपनर राजु रिजाल ७ रन र अभिषेक पाल ६ रन बनाउँदै मैदानबाट बाहिरिसकेका छन् । कर्णालीका बलर अनुज चनराले तीन ओभर बलिङ गर्दै दुई विकेट लिएका छन् । सुदूरपश्चिमका खडक बोहोरा र नरेन भट्ट ब्याटिङ गरिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.