स्याङ्जाका ४ हजार बढी परीक्षार्थीले एसईई दिने

स्याङ्जाका ४ हजार बढी परीक्षार्थीले एसईई दिने
सुन्नुहोस्

स्याङ्जा : यही चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा यसवर्ष स्याङ्जाबाट ४ हजार २७५ जना परीक्षार्थी सहभागी हुने छन्। सहभागीमध्ये २ हजार १०१ किशोरी र २ हजार १७४ किशोर रहेका छन्।  

गत वर्षको भन्दा यसवर्ष एसईईमा ७ सय १७ विद्यार्थी कम भएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय स्याङ्जाले जनाएको छ। गत वर्ष ४ हजार ९९२ जना विद्यार्थी सहभागी थिए। परीक्षार्थी संख्या घटेसँगै ३ वटा परीक्षा केन्द्र घटाएर २१ वटा बनाइएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्यले जानकारी दिए। गत वर्ष २४ केन्द्र थिए। 

प्रमुख आचार्यका अनुसार स्याङ्जाका ११ वटै स्थानीय पालिकामा परीक्षा केन्द्र राखिएको छ। परीक्षार्थीका संख्याअनुरूप वालिङ नगरपालिकामा ५ वटा र पुतलीबजार नगरपालिकामा ३ वटा परीक्षा केन्द्र राखिएका छन्। भीरकोट, चापाकोट, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा दुई/दुई परीक्षा केन्द्र छन्। र, फेदिखोला, आँधीखोला, अर्जुनचौपारी, हरिनास र विरुवा गाउँपालिकामा एक/एक परीक्षा केन्द्र छन्।

प्राविधिकतर्फका ११६ जना र धार्मिक विद्यालयका १६ परीक्षार्थी छन्। यहाँ प्राविधिकतर्फ ६ विद्यालय र धार्मिकतर्फ ४ विद्यालय छन्। सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष रहने र अन्य कर्मचारी सहित सुरक्षाकर्मीको पनि व्यवस्थापन भएको प्रमुख आचार्यको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.