नेपालमा सार्वजनिक भयो अल–न्यू जेइको जे६टी

नेपालमा सार्वजनिक भयो अल–न्यू जेइको जे६टी
सुन्नुहोस्

काठमाडौं : नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले अल–न्यू जेइको जे–६ टी औपचारिक रूपमा सार्वजनिक गरेको छ।

राजधानीमा सोमबार एक कार्यक्रमबीच शारदा समूहका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा र निर्देशक गौरव शारडाले जे–६ टीको सार्वजनिक गरेका थिए।

यो गाडी जस्तोसुकै अप्ठ्यारो सडकमा पनि सजिलै गुड्न सक्नेगरी बनाइएको कम्पनीले जनाएको छ। विश्वप्रसिद्ध ल्याण्ड रोभर डिफेन्डरको बनावटबाट प्रभावित यो गाडी यसको बलियो, आकर्षक र बाकस जस्तो देखिने स्वरूपका कारण चर्चामा छ।

कम्पनीले यसको बजार मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकेको भए तापनि सुरुवाती अफर अन्तर्गत ग्राहकहरूले यसलाई ६६ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्ने जनाएको छ।  

यसमा विश्वकै उत्कृष्ट ‘सीएटीएल’ कम्पनीको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ। यसको मोटरले उकालो र कच्ची सडकमा गुडाउन आवश्यक पर्ने उच्च शक्ति (२२० एनएम टर्क) प्रदान गर्छ। 

नयाँ जे–६ टीलाई उत्कृष्ट श्रेणीको विद्युतीय अल–रोडर सवारीका रूपमा प्रस्तुत गरिएको छ। एक पटकको पूर्ण चार्जमा यो गाडीले ४३१ किलोमिटर सम्मको यात्रा तय गर्न सक्ने कम्पनीले दावी गरेको छ। कम्पनीका अनुसार यसको जमिनदेखिको उचाइ (ग्राउन्ड क्लियरेन्स) २२५ मिलिमिटर रहेको छ, जुन नेपाली कच्ची सडक र अफ–रोडका लागि निकै उत्कृष्ट मानिन्छ।

गाडीको भित्री भागमा १५.६ इन्चको ठुलो मुख्य सूचना स्क्रिन, चालकका लागि ९.२ इन्चको डिजिटल डिस्प्ले, ५० वाटको ताररहित (वायरलेस) मोबाइल चार्जर र ८ वटा स्पिकरहरू जडान गरिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.