राजीनामाको विषयमा अब बहस नगर्नू

मैले राजीनामा दिएँ, तपाईंहरुले अस्वीकृत गर्नुभयो अब नयाँ अध्याय सुरु : गगन थापा


काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ। पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा सभापति गगन थापाको अध्यक्षतामा बैठक बसिरहेको छ।

बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निर्वाचनमा पार्टी पराजय भएपछि आफूले राजीनामा दिएको बताए। थापाले कार्यकर्ताको अपार माया, विश्वास र उर्जा पाएको उल्लेख गर्दै राजनीतिको जवाफदेहिताको हिसाबले राजीनामा दिएको तर, अपेक्षाभन्दा फरक निर्णय बैठकले गरेको बताए। ‘मैले राजीनामा दिनु आफ्नो कर्तव्य ठानेँ। मैले गरेँ। तपाईंहरूले राजीनामा स्वीकृत गर्नु भएन। यो एउटा अध्याय समाप्त भयो। अब नयाँ अध्याय प्रारम्भ हुन्छ,' उनले भने, ‘यो विषयमा को ठिक, को बेठीक भनेर अब बहस उपयुक्त छैन।’

थापाले सभापति पदको राजीनामाको विषयमा बहस नगर्न समेत नेता- कार्यकर्तालाई आग्रह गरे। उनले आजबाट नयाँ बहस प्रारम्भ भएको धारणा राखे। विशेष महाधिवेशनबाट आएको नेतृत्वले नियमित महाधिवेशन गर्ने उनको भनाइ छ।

यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो। बैठकले सभापति थापाले पेस गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो । साथै, निर्वाचनबारे प्रारम्भिक समीक्षा पनि गरेको छ।

यता शेरबहादुर देउवा पक्षधरले पनि समानान्तर गतिविधि थालेको छ ।पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा शीर्ष नेताहरूबीच शेरबहादुर देउवा पक्षको पूर्वसंस्थापन पक्षको बैठक आइतबार बसेको थियो। शेखर कोइराला समूह पनि सम्मिलित उक्त बैठकले पुरानो केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ। सर्वोच्च अदालतमा कांग्रेसको मुद्धा विचाराधीन रहेकाले उनीहरुले पनि केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.