गगनले दिए रविलाई वधाइ

‘नेपाल अब पाँच वर्ष कुनै दुर्घटना, द्वन्द्व र अतिवादको चपेटामा पर्न हुँदैन’


काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले अब देश पाँच वर्ष कुनै दुर्घटना, द्वन्द्व र अतिवादको चपेटामा पर्न नहुने बताएका छन्। सभापति थापाले चुनावमा झण्डै दुई तिहाइको सफलता निकाल्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई वधाई समेत दिएका छन् । 

पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले २०८२ देखि ०७८ सम्मको एक नयाँ अध्याय सुरु भएको बताएका छन् । सभापति थापाले नवजवानको भावना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अब सरकार चलाउनु पर्ने बताए । उनले समयको दवाव, छोटो समयको तयारी र विभिन्न प्रतिकूलताका वावजुद नेपाली कांग्रेस फागुन २१ को निर्वाचनमा होमिएको बताउँदै जनताले यस पटक कांग्रेसलाई प्रतिपक्षको भूमिकामा बस्ने जनादेश दिएको बताए । उनले निर्वाचनमा सक्रिय रुपमा खट्ने नेता–कार्यकर्ता र आम मतदातालाई धन्यवाद समेत दिए ।

सभापति थापाले सरकारसँग ताकत भएका बेला  प्रतिपक्षको भूमिका अझ अहम हुने समेत बताए ।  सभापति थापाले नागरिकमा सुशासनको अपेक्षा मुख्य रहेको बताउँदै सरकार यसमा सचेत हुनुपर्ने बताए । उनले भने, ‘सुशासनको पक्षमा कांग्रेस एक कदम अगाडि होला, पछाडि हुँदैन ।’ सभापति थापाले अबको रास्वपा नेतृत्वको सरकारले सार्वजनिक पदमा बसेका सबैको सम्पति छानविन गरी अवैध भए सम्पति जफत गर्नुपर्ने समेत बताए ।

सभापति थापाले भने, ‘रास्वपाले आफ्नो चुनावी करारनामामा समेत यो कुरा उल्लेख गरेको छ, छानविन समिति बनाउने पनि भनेको छ, हामी पनि सहयोग गर्छौ ।’ विगतमा शासकीय शक्तिको दुरुपयोग भएका कारण धेरै काण्डहरु आएको बताउँदै सभापति थापाले ती काण्डहरु अब सार्वजनिक खपतको विषय बन्न नहुने बताए । उनले भने, ‘सार्वजनिक खपतका लागि मात्र काण्डहरुका कुरा उठ्नु हुँदैन, यसमा कसैले अनावश्यक दोषको भारी बोक्नु पनि पर्दैन ।’

सभापति थापाले अबको सरकारले सार्वजनि पदको दुरुपयोग गर्नेहरुको छानविन गरी कार्वाही गर्नुपर्ने बताउँदै यसमा कांग्रेसको पूर्ण साथ र समर्थन रहने बताए । सभापति थापाले अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, रोजगारीका धेरै विषयहरु भए पनि यसका बारेमा विस्तारै छलफल र बहस गर्दै जाने बताए ।  मध्य पूर्वी देशहरुमा भएको युद्धको असर नेपालमा समेत देखिन थालेको बताउँदै सभापति थापाले तत्कालमा गर्नुपर्ने यी र यस्ता विषयमा कांग्रेस सँधै सरकारको साथमा रहने बताए ।

उनले ‘स्पिड’ मा काम गर्दा दुर्घटना निम्तिन नहुने बताउँदै थापाले संविधानले नागरिकका लागि गरेका व्यवस्था र अधिकारमा संकुचन ल्याउन नपाइने, बरु थप फराकिलो बनाउँदै लैजानु पर्ने बताए । सभापति थापाले भने, ‘साँस्कृति विविधता । सन्तुलन खलबल्याउन हुँदैन, यसो भए सम्हाल्न सकिँदैन ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.