प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम र कर्णाली ब्याटिङ गर्दै
वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुँदैछन् । वीरगन्जस्थित नारायणी रंगशालामा मधेस प्रदेशविरुद्ध सुदूरपश्चिम भिड्दैछ भने जनकपुरस्थित रामजानकी रंगशालामा कर्णाली र कोशी प्रदेशबीच खेल हुँदैछ।
वीरगन्जमा मधेसले टस जितेर सुदूरपश्चिम प्रदेशलाई ब्याटिङको निम्तो दिएको छ। सुदूरपश्चिमका लागि राजु रिजाल र अभिषेक पालले ओपनिङ ब्याटिङ गर्दैछन् । मधेस अनिल साहको कप्तानीमा र सुदूरपश्चिम शेर मल्लको कप्तानीमा मैदानमा उत्रिएको छ ।
उता रामजानकी रंगशालामा कर्णाली प्रदेशले टस जितेर ब्याटिङ रोजेको छ। कर्णालीका लागि रवीन्द्र जंग शाही र सुनिल धमला ओपनिङ ब्याटिङका लागि मैदानमा उत्रिएका छन् । कर्णाली दिवन पुन र कोशी सुजन थपलियाको कप्तानीमा मैदानमा उत्रिएको छ ।
प्रतिक्रिया दिनुहोस !