प्रधानमन्त्री कप क्रिकेट : मधेससँग सुदूरपश्चिम पाँच विकेटले पराजित

प्रधानमन्त्री कप क्रिकेट : मधेससँग सुदूरपश्चिम पाँच विकेटले पराजित
सुन्नुहोस्

वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको छ । वीरगन्जस्थित नारायणी रंगशालामा सुदूरपश्चिमले दिएको १६१ रनको लक्ष्य ३३.४ ओभरमा पूरा गर्दै मधेसले जित हात पारेको हो । मधेसको जीतमा अनरिको यादवले अविजित ४६ रन बनाए । ७८ बलको सामना गर्दै अरनिकोले ९ चौका प्रहार गर्दै टिमलाई जित दिलाएका हुन् ।

मधेशका लागि आदिल अंसारीले ३४ र पवन सर्राफले २१ रन बनाए । ओपनरद्वय कप्तान अनिल साह र मयन यादवलाई १३र१३ रनमै गुमाएपछि दवावमा परेको मधेसलाई आदिल र पवनले सम्हालेका थिए ।

पवन २१ रनको स्थितिमा अशोक धामीको बलमा आउट भएपछि आएका अरनिकोले खेल सम्माले । प्लेयर अफ दि म्याच घोषित अरनिकोले पाँच हजार नगद प्राप्त गरे । सुदूरपश्चिमका लागि अशोक धामीले तीन र शेर मल्लले दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गर्न आएको सुदूरपश्चिमले ४३.२ ओभरमा सबै विकेट गुमाएर १६० रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर अभिषेक पालले सर्वाधिक ३३ रन बनाए । यसैगरी किरण ठगुन्ना र नारायण जोशीले समान २३र२३ रन बनाउँदा अशोक धामीले १९ रन जोडे । सुदूरका अन्य ब्याटर चल्न सकेनन् ।

मधेसका लागि अरनिको यादवले तीन,प्रदीप पासवानले दुई विकेट लिए भने रुपेश सिंह,आदिल आलम,पवन सर्राफ र डेब्यु खेल खेलेका आशिक बैठाले समान एक/एक विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.