बेहुलीझै सिङ्गारियो हेटौंडाको पाथीभरा मन्दिर

बेहुलीझै सिङ्गारियो हेटौंडाको पाथीभरा मन्दिर

हेटौंडा :  हेटौंडा उपमहानगरपालिका–१ भैरबडाँडामा रहेको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पाथीभरा मन्दिर बेहुलीझै सिङ्गारिएको छ। भोलि विहीबार हुने नवरात्रको अवसरमा महाअष्ठमी पुजाको लागि पाथीभरा मन्दिर बेहुलीझै सिङ्गारिएको हो ।

पाथीभरा मन्दिर संरक्षण समितिले हरेक वर्ष आयोजना गर्ने पाथीभरा महोत्सवको मुख्य आकर्षकको रुपमा महाअष्ठमी पुजाको तयारी समेत पुरा गरेको छ। विशेषतः चैत्र १२ गते बिहान ७ः०० बजे बाट सुरु हुने मुख्य पुजामा विभिन्न झाँकी बाजागाजा, नेपाली सेना तथा नेपाल प्रहरीको सलामीसहितको विशेष कार्यक्रम तय गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष केशवप्रसाद देवकोटाले जानकारी दिए ।

१९ औं पाथीभरा महोत्सवको तयारी गरिरहेको मन्दिर संरक्षण समितिले यस वर्ष माताको धाममा आकाशबाट पुष्पवृष्टी समेत गर्ने तयारी गरेको अध्यक्ष देवकोटाले जानकारी दिए । यस्तै गत चैत्र २ गतेदेखि सुरु भएको सहश्र चण्डी महायज्ञको समापन आउँदो आइतबार समापन हुने मन्दिर संरक्षण समितिले जनाएको छ । 

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको पाथीभरा देवीको दर्शन गर्नाले आँटेका र चिताएका सबै मनोकामना पुरा हुने विश्वासका साथ आन्तरिक तथा बाह्य भक्तजनहरु पुजापाठ गर्न घुइँचो लाग्ने गर्दछ । तप्लेजुङस्थित पाथीभरा माताको मन्दिरमा सबै जना पुग्न असम्भव रहेकाले ताप्लेजुङ पुग्न नसक्नेहरुले  भक्तजनहरुले यहिको मन्दिरमा दर्शन गर्दा मनोकामना पुरा हुने धार्मिक विश्वास रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.