‘सिलाम साक्मा’ लगाएर आफैं गाडी हाँकेर संसद पुगे बालेन

‘सिलाम साक्मा’ लगाएर आफैं गाडी हाँकेर संसद पुगे बालेन
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणका लागि सिंहदरबार पुगेका छन्।

उनी ‘सिलाम साक्मा’ लगाएर आफ्नै गाडीमा शपथ ग्रहण गर्न सिंहदरबारको नव निर्मित भवनको सभाहल पुगेका हुन्। उनी आफैं गाडी चलाएर दिउँसो २ बजे सिंहदरबार पुगेका हुन्। किरात सँस्कृतिमा सिलाम साक्मालाई शुभ संकेतका रूपमा लिइन्छ। यसले मृत्यु र अपसकुनको बाटो छेक्ने विश्वास गरिन्छ।

null

बालेन पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नम्बर–५ मा हराउँदै संसद पुगेका हुन्। उनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ। 

nullरास्वपाका अन्य सांसदहरु पनि राष्ट्रिय र जातीय पोसाकमा संसद पुगेका छन्। अरु प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम सँस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु पनि शपथ ग्रहणका लागि पुगेका छन् । फागुन २१ को निर्वाचनबाट निर्वाचित सांसदहरुलाई संसदका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले शपथ खुवाएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.