कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु घटनामा थप चार जना पक्राउ
सुन्नुहोस्

कपिलवस्तु : कपिलवस्तु घटनामा धार्मिक सद्भाव विथोल्न खोजेको आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका–४ बस्ने २६ वर्षीय राज भन्ने दुर्गेश यादव र कपिलवस्तु नगरपालिका–२ बस्ने २२ वर्षीय पवनकुमार गुप्ता रहेका छन् । 

पक्राउ परेका उनीहरुले कपिलवस्तु नगरपालिका–४ कोदहवा चोकस्थित सार्वजनिक बाटोमा जाँदै गरेको मोटरसाइकल रोकी त्यसमा सवार मानिसहरुलाई लाठ्ठी, हेलमेट र मुक्काले कुटपिट गरी निजहरुको मोटरसाइकल र मोवाइल समेतमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । उनीहरुको सो कुटपिटको घटना सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रहरीले सोही भिडियोको आधारमा घटनाम संलग्न ५–६ जनामध्ये दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा जिल्ला अदालतबाट थप अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप गरी नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । 

काली मन्दिरमा ढुङ्गा हानी, मन्दिर तोडफोड गरी मन्दिरका सामाग्रीहरुमा क्षति पुर्‍याउनेलगायतका बिषयलाई लिएर सामाजिक सञ्जालमार्फत विभिन्न जातजाति र सम्प्रदायबीचको सु–सम्बन्धलाई खलल पार्ने, घृणा वा द्वेष फैलाउने कार्य गरेकोमा विद्युतीय कारोवार ऐन २०६३ बमोजिमको कसुरमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा बुद्धभूमि नगरपालिका–६ का २१ वर्षीय मुस्ताक नाउ र कपिलवस्तु नगरपालिका–१ का २१ वर्षीय विनोद कहार रहेको प्रहरीले जनाएको छ । उनीहरुले समाजिक सञ्जालमार्फत् विभिन्न जातजाति र सम्प्रदायबीचको सु–सम्बन्धलाई खलल पार्ने, घृणा वा द्वेष फैलाउने कार्य गरेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए । प्रहरीले यसअघि सो घटनामा सार्वजनिक शान्ति खलल पारेको आरोपमा १० जनालाई उपर मुद्दा प्रक्रिया अघि बढाएको थियो । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.