साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरु
काठमाडौं : साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा सुरु भएको घोषणा गरेको छ।
अल्ट्रा, पातलो डिजाइन, उच्च कार्यक्षमता र उत्कृष्ट प्रदर्शनका लागि परिचित यो फोन अत्यन्तै मन पराइनेमध्ये एक हो। यस प्रि–अर्डर अवधिमा ग्राहकहरूले साओमी १७ अल्ट्रा १६ जीबी + ५१२ जीबी भेरियन्टका लागि उपलब्ध ३ विशेष अफरहरूमध्ये कुनेै एक रोज्न सक्नेछन्।
साओमी १७ अल्ट्रा किन्ने ग्राहकहरूले बिक्री पछि विशेष सुविधाहरू प्राप्त गर्ने छन्। यस योजनाअन्तर्गत फोन खरिद गरेको पहिलो ६ महिनासम्म एक पटक निःशुल्क स्क्रिन फेर्न पाइने सुविधा प्राप्त गर्ने छन् भने नियमित १२ महिनाको वारेन्टीमा ६ महिना थप गरी कुल १८ महिनाको वारेन्टी सुविधा पनि पाउने छन्। यसका साथै वारेन्टी सकिएपछि गरिने मर्मतमा पनि २४ महिनासम्म कुनै सेवा शुल्क लाग्ने छैन।
यो आफ्नो श्रेणाीमा सबैभन्दा पातलो र हल्का डिभाइसमध्ये एक हो। यसले लामो समयसम्म आरामदायी र उत्कृष्ट अनुभव प्रदान गर्छ।
लाइकासँगको सहकार्यमा विकसित यो डिभाइसले उत्कृष्ट फोटो र भिडियो खिच्ने क्षमता राख्छ।
प्रतिक्रिया दिनुहोस !