स्याङ्जामा एमालेको प्रदर्शन
स्याङ्जा : नेकपा (एमाले) स्याङ्जाका जनवर्गीय संगठनहरुले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल रिहाइ गर्न माग गर्दै शनिबार सदरमुकाममा प्रदर्शन गरेका छन्। घटनाको निन्दा गर्दै लोकतन्त्र र कानुनी शासनको विपरीत पक्राउ भएको जनाएका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगले दिएको सिफारिसका आधारमा शनिबार बिहान एमाले अध्यक्ष ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि स्याङ्जामा सोको निन्दा गर्दै संगठनहरुले विरोध प्रदर्शन गरेका हुन।
नेकपा एमाले पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली सदरमुकामस्थित सहिद चोकमा आएर कोणसभामा परिणत भएको थियो। सभाका मुक्ति समाजका केन्द्रीय सदस्य अमृत नेपाली, युवा संघ स्याङ्जाका अध्यक्ष राजन पौडेलले अध्यक्ष ओलीको रिहाइको माग गरेका हुन।
प्रतिक्रिया दिनुहोस !