नेपालगन्ज : नेपालगन्जमा एक महिला जलेर मृत्यु भएको अवस्थामा फेला परेकी छन् । नेपालगन्ज– १२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै शनिबार राति १२ बजेतिर जलेको अवस्थामा महिला फेला परेको प्रहरीले जनाएको छ ।
२५-३० वर्षीया मृतक गिता बुढामगरलाई श्रीमानसहित घरका आफन्तहरूले घरमै हत्या गरेर सडकमा लागेर लास जलाएको मृतकका आफन्तको आरोप छ। हातमा टाटु देखेपछि उनको पहिचान भएको थियो। मृतक महिलाको दुई वर्षीया छोरी पनि छिन्।
उनी राति सडकमा कसरी जलिन वा उनलाई जलाइएको हो ? यसको कारण समेत पत्ता लगाउन बाँकी नै रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दिपक पातलीले मृत्युको कारण खोजी तथा अनुसन्धान भइरहेको जानकारी दिए। 
घटनास्थल प्रहरी विटबाट नजिकै छ। प्रहरीले महिलाको शव पोष्टमार्टमका लागि राति नै भेरी अस्पताल लगेको थियो । उनका शरीरका अधिकांश भाग जलेको छ ।
प्रतिक्रिया दिनुहोस !